४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो



विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ९० लाख नाघेको छ ।

कोरोना भाइरसबारे आधिकारिक तथ्यांक राख्ने अमेरिकाकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ९० लाख ३ हजार माथि पुगेको हो ।

अहिलेसम्म कोरोना महामारीबाट चार लाख ६९ हजार मानिसको ज्यान गैसकेको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजार मानिस कोरोना संक्रमित छन् भने संक्रमणबाट एक लाख बढी मानिसको मृत्यु भएको छ ।

अमेरिका पछि अर्को दक्षिण अमेरिकी मुलुक ब्राजिल धेरै संक्रमित हुने देश बनेको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार संक्रमित रहेका छन् । त्यहाँ ५० हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

यसैगरी लामो समयसम्म कोरोना संक्रमणबाट जोगिएको रुस तेस्रो धेरै संक्रमित हुने देश बनेको छ । रुसमा ५ लाख ९१ हजार बढी संक्रमित हु्ँदा आठ हजार बढीको मृत्यु भएको छ ।

यसैगरी चौंथो स्थानमा छिमेकी भारत रहेको छ । भारतमा चार लाख २५ हजार बढी मानिस कोरोना संक्रमित छन् भने १३ हजार ६ सय बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार मानिस संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४२ हजार सातसय बढी रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको