२८ चैत्र २०८२, शनिबार | April 11, 2026

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो



विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ९० लाख नाघेको छ ।

कोरोना भाइरसबारे आधिकारिक तथ्यांक राख्ने अमेरिकाकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ९० लाख ३ हजार माथि पुगेको हो ।

अहिलेसम्म कोरोना महामारीबाट चार लाख ६९ हजार मानिसको ज्यान गैसकेको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजार मानिस कोरोना संक्रमित छन् भने संक्रमणबाट एक लाख बढी मानिसको मृत्यु भएको छ ।

अमेरिका पछि अर्को दक्षिण अमेरिकी मुलुक ब्राजिल धेरै संक्रमित हुने देश बनेको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार संक्रमित रहेका छन् । त्यहाँ ५० हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

यसैगरी लामो समयसम्म कोरोना संक्रमणबाट जोगिएको रुस तेस्रो धेरै संक्रमित हुने देश बनेको छ । रुसमा ५ लाख ९१ हजार बढी संक्रमित हु्ँदा आठ हजार बढीको मृत्यु भएको छ ।

यसैगरी चौंथो स्थानमा छिमेकी भारत रहेको छ । भारतमा चार लाख २५ हजार बढी मानिस कोरोना संक्रमित छन् भने १३ हजार ६ सय बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार मानिस संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४२ हजार सातसय बढी रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४० बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र