२४ मंसिर २०८०, आइतबार | December 10, 2023

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ गते हुने



काठमाडौं । कोरोना भाइरसको सन्त्रासपछि सुरु भएको लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी साउन २६ र २७ गते हुनेभएको छ ।

महासंघको सोमबार बसेको कार्यसमिति बैठकबाट साधारणसभाको मिति तय भएको हो। महासघंको सोमबार बसेको कार्यसमितिको भर्चुअल मिटिङले महासभाको नयाँ मिति तय गरेको हो ।

साधारणसभामा महासंघले प्रतिनिधिलाई घटाउने निर्णय पनि गरेको छ । जिल्ला नगर उद्योग वाणिज्य संघबाट यसअघि तीन जना प्रतिनिधि सहभागी हुनेगरेकोमा यसपटक दुई जना मात्रै प्रतिनिधि सहभागी गराउने निर्णय भएको छ ।

यस्तै, वस्तुगततर्फबाट भने एक जनामात्रै प्रतिनिधिले मात्रै सहभागीता जनाउनेछन् । एशोसियटबाट करिब १०० जना प्रतिनिधि रहनेछन् ।

साधारणसभा गर्दा सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने भएको छ । साधारणसभा ललितपुरको हेरिटेज प्लाजामा हुने भएको छ ।

गत चैत २७ र २८ गते हुने भनिएको साधारणसभा कोरोना संक्रमणका कारण सरकारले लकडाउन सुरु भएपछि स्थगित भएको थियो।

महामारी थप बढेर पुनः लकडाउनलाई कडा भएमा र त्यस्तो अवस्थामा चुनाव नै गर्न नसक्ने अवस्थामा आएमा भने विकल्प खोज्ने सहमति पनि भएको छ । साधारणसभा सार्नै पर्ने अवस्था आए पदाधिकारी बैठकले निर्णय गर्नेछ ।

साधारणसभामा करिब ४०० प्रतिनिधि सहभागी हुने अनुमान महासंघले गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : १९ बजे

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’

सशस्त्रको घेरा तोडेर दुई राँगा गायव

नेपालगन्ज । प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा