२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ गते हुने



काठमाडौं । कोरोना भाइरसको सन्त्रासपछि सुरु भएको लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी साउन २६ र २७ गते हुनेभएको छ ।

महासंघको सोमबार बसेको कार्यसमिति बैठकबाट साधारणसभाको मिति तय भएको हो। महासघंको सोमबार बसेको कार्यसमितिको भर्चुअल मिटिङले महासभाको नयाँ मिति तय गरेको हो ।

साधारणसभामा महासंघले प्रतिनिधिलाई घटाउने निर्णय पनि गरेको छ । जिल्ला नगर उद्योग वाणिज्य संघबाट यसअघि तीन जना प्रतिनिधि सहभागी हुनेगरेकोमा यसपटक दुई जना मात्रै प्रतिनिधि सहभागी गराउने निर्णय भएको छ ।

यस्तै, वस्तुगततर्फबाट भने एक जनामात्रै प्रतिनिधिले मात्रै सहभागीता जनाउनेछन् । एशोसियटबाट करिब १०० जना प्रतिनिधि रहनेछन् ।

साधारणसभा गर्दा सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने भएको छ । साधारणसभा ललितपुरको हेरिटेज प्लाजामा हुने भएको छ ।

गत चैत २७ र २८ गते हुने भनिएको साधारणसभा कोरोना संक्रमणका कारण सरकारले लकडाउन सुरु भएपछि स्थगित भएको थियो।

महामारी थप बढेर पुनः लकडाउनलाई कडा भएमा र त्यस्तो अवस्थामा चुनाव नै गर्न नसक्ने अवस्थामा आएमा भने विकल्प खोज्ने सहमति पनि भएको छ । साधारणसभा सार्नै पर्ने अवस्था आए पदाधिकारी बैठकले निर्णय गर्नेछ ।

साधारणसभामा करिब ४०० प्रतिनिधि सहभागी हुने अनुमान महासंघले गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : १९ बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २