६ बैशाख २०८१, बिहिबार | April 18, 2024

गैरआवासीय नेपाली संघमा आगामी वर्षका लागि बजेट पेश



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १८ वर्षे इतिहासमा पहिलो पटक आगामी आर्थिक वर्षका लागि आय व्यायको अनुमानित खर्च विवरण (बजेट) प्रस्तुत गरिएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले गत आइतवार संघको केन्द्रीय समिति ९आइसीसी० बैठकमा १४ करोड ७८ लाख रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेका छन् ।

संघको आर्थिक प्रशासन नियमावली २०२० अनुरुप उक्त बजेट सार्वजनिक गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । गैरआवासीय नेपाली संघका सबै केन्द्रीय सदस्यलाई उपलब्ध गराइएको बजेट विवरण अनुसार गत साउन महिनादेखि जेष्ठसम्म प्रशासन तथा सचिवालयतर्फको जम्मा १ करोड ९६ लाख रुपैयाँ भएको छ ।

श्रेष्ठले अगामी असार महिनाको लागि जम्मा ६२ लाख ७६ हजार खर्च हुने अनुमान गरेका छन् । श्रेष्ठले अगामी आर्थिक वर्ष २०७७ मा सचिवालय खर्च २ करोड ८९ लाख मात्र हुने अनुमान गरेका छन् । सचिवालय खर्च अन्तर्गत तलव, मसलन्द, बैठक, कन्सल्टेन्सी, मेन्टिनेन्स्, इन्धन आदि पर्दछन् ।

श्रेष्ठका अनुसार आगामी वर्षको आन्दानीको स्रोतका रुपमा एनआरएन भवनको भाडा, अन्तरिक ऋण तथा बैंक बचतलाई मुख्य आम्दानी बनाएका छन् । संघद्वारा प्रस्तुत बजेट अनुरुपमा एनआरएन भवनतर्फ २५ लाख, स्मार्ट एनआरएन २५ लाख, विशेष साधारणसभा २० लाख खर्च हुने अनुमान गरिएको छ ।

ऋण
संघले सार्वजनिक गरेको बजेटअनुसार लाप्राक, एनआरएनए भवन, संघको महाधिवशेन र शंखमूलपार्क शीर्षकमा भएको खर्चमा ऋण तिर्न बाँकी रहेको देखाइएको छ । तिर्न पर्ने ऋणमा लाप्रापक ५ करोड ७० लाख, गत अधिवेशनको खर्च तिर्न बाँकी १ करोड ७ लाख, एनआरएनए भवन १ करोड २५ लाख र शंखमुल पार्कको २४ लाख रुपैयाँ ऋण संघले तिर्न बाँकी रहेको छ । यस्तै संघका पदाधिकारीबाट लिइएको आन्तरिक ८० लाख रुपैयाँ रहेको छ ।

श्रेष्ठले प्रस्तुत गरेको बजेटमा जम्मा खर्च १४ करोड ७८ लाख रुपैयाँ अनुमान गरिएको छ भने बिभिन्न आम्दानीका स्रोतबाट प्राप्त १२ करोड ९ लाख रहेको छ । संघद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षको लागि १ करोड ८ लाख रुपैयाँ संस्था संचालनमा अपुग हुने गरेको छ । संघमा स्थापना भएका बिभिन्न कोषबाट सापट ८ करोड ९ लाख रुपैयाँ सापट लिइने योजना समेत रहेको छ ।

तीन प्रोजेक्ट घाटैघाटा
संघद्वारा प्रस्तुत बजेटमा एनआरएनए भवनको लागि कुल संकलन भएको रकम २२ करोड र खर्च ३४ करोड १८ लाख रुपैयाँ देखाइएको छ । एनआरएनए भवनमा ११ करोड घाटा रहेको छ । यस्तै लाप्राक नमुनाबस्ती निर्माणमा ४५ करोड उठेकोमा ५७ करोड ८७ लाख रुपैयाँ खर्च भएको देखाइएको छ । उक्त परियोजनामा १२ करोड ८९ लाख घाटा रहेको बजेटमा उल्लेख छ । शंखमुल उद्यान पार्कमा १ करोड ३२ लाख रुपैयाँ संकलन भएको खर्च २ करोड ८८ लाख रुपैयाँ देखाएको छ भने घाटा १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

छुट्टै शीर्षकमा कोभिड–१९ फन्ट
कोषाध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत बजेटमा कोरोना भाइरस ९कोभिड–१९० पीडितका लागि संकलित रकम छुट्टै शीर्षकमा राखिएको छ । श्रेष्ठका अनुसार हालसम्म कोभिड फन्डमा ४ करोड १० लाख रुपैयाँ संकलन भएको छ ।

विदेशस्थित बिभिन्न देशमा ६४ लाख २६ हजार रुपैयाँ खर्च गरिएको छ भने नेपालको लागि स्वास्थ्य सामग्री खरिदमा २ करोड ४६ लाख रुपैयाँ खचिएको छ । सो कोषमा हाल जम्मा मौजुदा ३७ लाख ७८ हजार रुपैयाँ रहेको छ भने उठ्न बाँकी ६२ लाख १७ हजार रुपैयाँ रहेको छ ।

आधा दर्जन नियमावली पारित
गैरआवासीय नेपाली संघले आफ्नो आर्थिक अनुसाशनलाई कायम राख्न पहिलो पटक आर्थिक नियमावली २०२० पारित गरेको छ । सो नियमावलीले आगामी दिनमा संघले गर्ने खर्चलाई चुस्त राख्न सहयोग गर्नेछ । आर्थिक निकासा, खर्च, टेन्डर, प्रशासनिक खर्च आर्थिक नियमावली अनुरुप हुने छन् । ४५ पेज लामो सो नियमावलीले संघको आर्थिक प्रसाशनलाई कडाई तथा पारदर्शी बनाउने कोषाध्यक्ष श्रेष्ठले जनाए ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार आइतवारको बैठकले श्रेष्ठद्वारा प्रस्तुत बजेटलाई सर्वसम्मतले अनुमोदन गरेको छ । यस्तै बैठकले राजीनामा तथा पदपुर्ति नियमावली, लोगो तथा ब्रन्ड नियमावली, तदर्थ समिति गठन नियमावली पारित गरको छ ।

२ वर्षे कार्ययोजना पारित
संघको बैठकले विभागीय प्रमुखहरुद्वारा प्रस्तुत दुई वर्षको कार्ययोजनालाई अनुमोदन गरेको छ । बैठकमा ८ वटा विभागका प्रमुखहरुले कार्ययोजना प्रस्तुत गरेका थिए ।

सबै क्षेत्रीय बैठक अनलाइन हुने
बैठकले यो वर्षका सबै क्षेत्रीय अनलाइनमार्फत गर्ने निर्णय गरेका छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले फेस टु फेस बैठक हुन सम्भव नभए पछि ६ वटै क्षेत्रीय बैठक अनलाइनबाट गर्ने निर्णय संघले गरेको हो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १२ : ०२ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच