१६ बैशाख २०८३, बुधबार | April 29, 2026

प्लाष्टिकको चामल भेटियो भन्नु हल्ला मात्र खाद्य प्रविधी



देवदह । प्लाष्टिकको चामल भेटिएको समाचार भ्रामक मात्र भएकाले भ्रामक हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आम नागरिकलाई आग्रह गरेको छ ।

रुपन्देहीको देवदहमा क्वारेन्टाईनमा प्लास्टिकको चामल भेटिएको हल्ला चलेपछि अनुगमनका लागि मंगलबार त्यहाँ पुगेको खाद्यको टोलीले चामलको नमुना परीक्षण गरेर प्लाष्टिकको चामल नहुने दावी समेत गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मंगलबार देवदहको केरवानी माविमा राखिएको क्वारेनटाइनमा देवदह नगरपालिका प्रमुख, उपप्रमुख र कर्मचारीलाई राखेर चामलका अवस्थाहरुको बारेमा नमुना परीक्षणसँगै खाद्य सम्वन्धी प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा चामलको प्रकार र गुणस्तरका बारेमा प्रशिक्षण दिदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले चामलको गुणस्तर प्रशोधन प्रविधिका आधारमा यकिन हुने जानकारी गराए । दाहालका अनुसार प्रशोधन प्रविधिमा ढिकी, हलर, सेलार, पोलिसिङ्ग, स्टिमिङ्ग लगायतका भएकाले यसले चालको स्वाद र गुणस्तर एकिन गर्ने भएकाले कुनै कुनै विधिले चामल साह्रो हुने, तन्कने र भातको बल बनाउदा उफ्रिने समेत गर्ने गरेको पाईन्छ, त्यो प्लाष्टिकको चामल नभई चामलनै भएको यकिन गर्न सकिन्छ ।

केही दिन अघि केरवानी मावि क्वारेनटइनमा बस्ने एक महिलाले प्लास्टिकको चामलको भात दिएको भन्दै सामाजिक सञ्जालमा हालेको भिडियो केही घण्टामै भाइरल भएको उल्लेख गर्दै खाद्य अधिकृत दाहालले प्लास्टिकको चामल संसारमै नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे। आफुहरुले १८ स्थानको चामलको ल्याव परीक्षण गरीसकेको र कहीँ पनि प्लास्टिकको चामल भएको प्रमाणित नभएको उनले स्पष्ट पारे ।

कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले खाद्य स्वच्छताका बारेमा सबै सचेत हुनु पर्ने बताए । खत्रीले मानवस्वास्थ्यका लागि खाद्य स्वच्छता अतिनै आवश्यक भएको उल्लेख गर्दै खाद्य पदार्थका बारेमा नचाहीने हल्ला र भ्रामक समाचारका पछि नलाग्न सबैलाई आग्रह गरे ।

सो अवसरमा आद्य अधिकृत सुवास चन्द्र बस्तीले चामलको ल्याव परीक्षण नै गरेर देखाएका थिए ।

कार्यक्रममा देवदहका नगर उपप्रमसख विद्या लक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल, प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, वडाअध्यक्षहरु रमेश भूषाल, धर्मागत पाण्डे, दामोदर क्षेत्री, दण्डपानी भट्टराई, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, खाद्य अधिकृत सर्वणकुमार ढुङ्गाना स्वास्थ्य शाखाका अधिकृत रामप्रसाद वस्याल लगायतले खानेवानी र आहार विहारका बारेमा स्वच्छता र सरसफाईलाई ध्यान दिनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : १६ बजे

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी