३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

प्लाष्टिकको चामल भेटियो भन्नु हल्ला मात्र खाद्य प्रविधी



देवदह । प्लाष्टिकको चामल भेटिएको समाचार भ्रामक मात्र भएकाले भ्रामक हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आम नागरिकलाई आग्रह गरेको छ ।

रुपन्देहीको देवदहमा क्वारेन्टाईनमा प्लास्टिकको चामल भेटिएको हल्ला चलेपछि अनुगमनका लागि मंगलबार त्यहाँ पुगेको खाद्यको टोलीले चामलको नमुना परीक्षण गरेर प्लाष्टिकको चामल नहुने दावी समेत गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मंगलबार देवदहको केरवानी माविमा राखिएको क्वारेनटाइनमा देवदह नगरपालिका प्रमुख, उपप्रमुख र कर्मचारीलाई राखेर चामलका अवस्थाहरुको बारेमा नमुना परीक्षणसँगै खाद्य सम्वन्धी प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा चामलको प्रकार र गुणस्तरका बारेमा प्रशिक्षण दिदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले चामलको गुणस्तर प्रशोधन प्रविधिका आधारमा यकिन हुने जानकारी गराए । दाहालका अनुसार प्रशोधन प्रविधिमा ढिकी, हलर, सेलार, पोलिसिङ्ग, स्टिमिङ्ग लगायतका भएकाले यसले चालको स्वाद र गुणस्तर एकिन गर्ने भएकाले कुनै कुनै विधिले चामल साह्रो हुने, तन्कने र भातको बल बनाउदा उफ्रिने समेत गर्ने गरेको पाईन्छ, त्यो प्लाष्टिकको चामल नभई चामलनै भएको यकिन गर्न सकिन्छ ।

केही दिन अघि केरवानी मावि क्वारेनटइनमा बस्ने एक महिलाले प्लास्टिकको चामलको भात दिएको भन्दै सामाजिक सञ्जालमा हालेको भिडियो केही घण्टामै भाइरल भएको उल्लेख गर्दै खाद्य अधिकृत दाहालले प्लास्टिकको चामल संसारमै नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे। आफुहरुले १८ स्थानको चामलको ल्याव परीक्षण गरीसकेको र कहीँ पनि प्लास्टिकको चामल भएको प्रमाणित नभएको उनले स्पष्ट पारे ।

कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले खाद्य स्वच्छताका बारेमा सबै सचेत हुनु पर्ने बताए । खत्रीले मानवस्वास्थ्यका लागि खाद्य स्वच्छता अतिनै आवश्यक भएको उल्लेख गर्दै खाद्य पदार्थका बारेमा नचाहीने हल्ला र भ्रामक समाचारका पछि नलाग्न सबैलाई आग्रह गरे ।

सो अवसरमा आद्य अधिकृत सुवास चन्द्र बस्तीले चामलको ल्याव परीक्षण नै गरेर देखाएका थिए ।

कार्यक्रममा देवदहका नगर उपप्रमसख विद्या लक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल, प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, वडाअध्यक्षहरु रमेश भूषाल, धर्मागत पाण्डे, दामोदर क्षेत्री, दण्डपानी भट्टराई, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, खाद्य अधिकृत सर्वणकुमार ढुङ्गाना स्वास्थ्य शाखाका अधिकृत रामप्रसाद वस्याल लगायतले खानेवानी र आहार विहारका बारेमा स्वच्छता र सरसफाईलाई ध्यान दिनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : १६ बजे

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमतिः अध्यक्ष प्रचण्ड

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल