२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भारत-चीनको विवादित लद्दाख क्षेत्रबाट दुबै देशका सेना पछि हट्न सहमत



एजेन्सी । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आआफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका छन् । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ मा दुवै सेनाबीच झडप भएपछि भएको सैनिक कमाण्डरबिचको वार्तामा दुवै देशका सेना बिबादीत स्थानबाट पछि हट्ने सहमति भएको बिबिसीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित क्षेत्रबाट फिर्ता गर्ने सहमति गरेका जनाएका छन् । दुवै सेनाबीचको जुन १५ को हिंसात्मक झडपमा एक उच्च अधिकारीसहित भारतीय सेनाका २० जनाले ज्यान गुमाएका थिए ।

जुन २२ मा भएको अधिकारीहरुको वार्ता मैत्रीपूर्ण, सकारात्मक र संरचनात्मक वातावरणमा सम्पन्न भएको बिबिसीले लेखेको छ ।

बिबिसीका अनुसार पूर्वी लद्दाखका सबै द्वन्द्व क्षेत्रहरुमा सेनाको पछाडि फर्कनेबारे छलफल भएको थियो र दुबै पक्षले यसलाई अगाडि बढाउने छन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानलाई उदृध गर्दै चिनियाँ अखबार पीपुल्स डेलीले चीन र भारतीय सेनाको कमाण्डर बीचको दोस्रो बैठक जून २२ मा भएको छ र वार्ता र परामर्श मार्फत बैठकमा भएको मतभेद समाधान र तनाव कम गर्ने सहमति भएको समेत बिबिसीले दाबी गरेको छ ।

भारतमा प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले लगातार मोदी सरकारको बिदेशनिती असफल भएको आरोप लगाउंदै आएको छ । कांग्रेस आईका पुर्व अध्यक्ष राहुल गान्धीले मंगलबार कांग्रेस कार्यसमितिको बैठकमा केन्द्र सरकारमाथि प्रश्न उठाएका छन् ।

कांग्रेस सांसदले चीनले लद्दाखमा उठाएका कदमहरू केन्द्रीय सरकारको विदेश नीति असफलताको परिणाम भएको बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीले स्थापित कूटनीतिको पूर्वाधार भत्काएको आरोप समेत लगाए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : २७ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु