४ पुस २०८२, शुक्रबार | December 20, 2025

पुर्व पश्चिम राजमार्गको अगैयामा सालको रुखमा कार ठोक्कियो, २ जनाको मृत्यु



कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारीको अगौया नजिकै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो १ बजे बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किँदा चालक कमलराज लम्साल र कारमा सवार क्षितिजकुमार कुँवरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका कार चालक भरतपुर महानगरपालिका १२ चितवनका लम्साल र उनीसंगै सवार पूर्वी नवलपरासी कावासोतीका कुँवरको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर बाटोको छेउमा रहेको सालको रुखमा ठोक्कीएको प्रहरीले जानकारी दिएको छ । तीब्र गतिमा रहेको कारले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको