७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेकपा स्थायी कमिटी बैठक बस्दै, पार्टीभित्रका दुइथरी गुटले एमसीसी एजेण्डालाई प्रतिष्ठाको विषय बनाउँदै



काठमाडौं । पार्टीभित्र विवादित विषय बनेको अमेरिकी अनुदान सहयोगको कार्यक्रम एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकको एजेण्डा तय गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार छलफल भएको थियो । तर, एमसीसीबारे दुई अध्यक्षबीच साझा धारणा बन्न नसकेपछि बैठकको एजेण्डा अहिलेसम्म पनि तय हुन सकेको छैन । स्थायी कमिटी बैठकमा अध्यक्षले साझा प्रतिवेदन पेश गर्ने परम्परा रहेपनि एमसीसीबारे दुवै अध्यक्षको फरक बुझाई रहेका कारण साझा प्रस्ताव र एजेण्डा बन्न नसकेको हो ।

मंगलबार भएको छलफलमा सहमति बन्न सकेपछि आज बिहान दुई अध्यक्षबीच स्थायी कमिटी बैठकबस्नु अघि पुनः छलफल गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली एमसीसीलाई अहिलेकै अवस्थामा जसरी पनि पास गर्नुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री ओलीले भने एमसीसी विशुद्ध सहयता कार्यक्रम भएको र यो कुनै सैन्य रणनीतिको अंग नभएको दाबी गरिरहेका छन् ।

तर अध्यक्ष प्रचण्डले भने एमसीसी नेपालको कानुनसँग बाझिएको र अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीको अंश भएको प्रष्ट भएको भन्दै यसमा संशोधन हुनैपर्ने अडानमा रहेका छन् । नेपालले वैदेशिक सहायता स्वीकार गर्दा नेपालको असंलग्न परराष्ट्र नीति प्रतिकुल हुने कुनै पनि सहयाता स्वीकार गर्न नसकिने प्रचण्डको जिकिर रहेको छ ।

पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कोरोना विरुद्धको अभियानमा मात्र छलफल गर्ने चाहना राखेका छन् भने अध्यक्ष प्रचण्डसहित बुहसंख्यक नेताहरु समग्र विषयमा छलफल गर्नुपर्ने पक्षमा रहेका छन् ।

अबको एकाध घण्टामा नेताहरुबीच अर्को कुनै गडवढी भएन भने स्थायी कमिटी बैठक बस्नेछ । बैठकमा एजेण्डा तय हुन नसकेपछि विना एजेण्डा बैठक बस्न सक्नेछ । त्यतिबेला, स्थायी कमिटी सदस्यहरुले सीधै आफुलाई मन लागेको विषयमा बोल्ने अवस्था आउनेछ ।

नेकपा स्थायी कमिटी बैठकमा एमसीसीबारे कुनै निर्णय भएन भने नेकपा संसदीय दलको बैठक राखेर त्यहीँबाट एमसीसी पासका लागि ह्वीपको निर्देशन हुनसक्ने आशंका प्रधानमन्त्री ओली इतर पक्षले गरेको छ । त्यस्तो बेलामा ह्वीप उल्लंघन भए पार्टी नै विभाजन हुनसक्ने डर कार्यकर्ता तहमा रहेको छ ।

नेकपा स्थायी कमिटी बैठक बारम्बार बोलाईदै स्थगित हुदै आएको छ । गत वैशाख ८ गते राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश सरकारले जारी गरेपछि सुरु भएको नेकपाभित्रको विवाद साम्य भएको छैन । यसमाथि एमसीसीको भूत त कायमै छ ।

गत आईतबार मात्र सचिवालयको नामबाट उपाध्यक्ष बामदेव गौतमले आफु अध्यक्षको साथमा नरहेको बिषय सार्वजानिक गराएपछि नेकपाको स्थायी समिति बैठक अझै पेचिलो बनेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ४३ बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका