१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

पतन्जलीको कोरोना औषधी प्रयोग गर्न भारत सरकारको रोक



योग र धर्मको माध्यमबाट आफ्नो विशाल उद्योग व्यवसायको प्रचार गर्ने ‘स्टार कर्पोरेट योगी’ बाबा रामदेवले मंगलबार सार्वजनिक गरेको ‘कोरोना भाइरस विरुद्धको औषधी’ लाई भारतको केन्द्रीय आयुष मन्त्रालयले रोक लगाइदिएको छ ।

नियमनकारी निकाय र आयुष मन्त्रालयसँग कुनै अनुमति नलिई कोरोना भाइरसको शतप्रतिशत अचुक औषधी भन्दै प्रचारवाजी गरेको केही घण्टामै आयुष मन्त्रालयले रामदेवको ओषधी विक्रिमा प्रतिबन्ध लगाएको हो ।

आयुष मन्त्रालयले पतन्जली आयुर्वेद लिमिटेडको तर्फबाट जारी गरेको कोभिड १९ को औषधीमा गरिएको भनिएको वैज्ञानिक अध्ययनको सच्चाई र अन्य सम्पूर्ण विवारणबारे मन्त्रालयलाई कुनै जानकारी नै थिएन ।

विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको औषधी खोपका लागि २४ सै घण्टा लागिरहेका छन् । तर अहिलेसम्म कुनै निस्कर्षमा पुग्न सकेका छैनन् । तर, बाबा रामदेवकको पतञ्जलीले भने दुई थरी औषधी शतप्रतिशत अचुक औषधी भन्दै सार्वजनिक गरेको छ ।

पतन्जलीका अध्यक्ष आचार्य बालकृष्णले आयुष मन्त्रालयसँग कम्युनिकेशन ग्याप भएको भन्दै पतन्जलीले कोरोना भाइरस विरुद्ध ओषधी पत्ता लगाएर आयुर्वेदको दुनियाँमा गौरबपूर्ण काम गरेको दाबी गरेका छन् ।

उनले औषधी उत्पादनपूर्व सबै प्रकारको अनुसन्धान र क्लिनिकल ट्रायलको सबै मानक पुरा गरेको दाबी गरेका छन् ।

पतन्जलीले जयपुरस्थित नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज निम्समा कोरोना भाइरसका बिरामी माथि क्लिनिकल ट्रायल गरेको जनाएको छ । आचार्य बालकृष्णका अनुसार त्यो ट्रायलमा कोरोनिल औषधीको नतिजा शतप्रतिशत निस्केको थियो ।

पतन्जलीले विभिन्न आयुर्वेदिक जडिबुटीको समिश्रणबाट कोरोनल औषधी बनाएको छ । तर, आयाुष मन्त्रालयले भने औषधीमा समावेश सबै जटिबुटीको कम्पोजिशन मन्त्रालयमा पेश गर्न पतन्जलीलाई निर्देशन दिएकोछ ।

पतन्जलीले जयपुरस्थित नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज निम्समा कोरोना भाइरसका बिरामी माथि क्लिनिकल ट्रायल गरेको जनाएको छ । आचार्य बालकृष्णका अनुसार त्यो ट्रायलमा कोरोनिल औषधीको नतिजा शतप्रतिशत निस्केको थियो ।

पतन्जलीले विभिन्न आयुर्वेदिक जडिबुटीको समिश्रणबाट कोरोनल औषधी बनाएको छ । तर, आयाुष मन्त्रालयले भने औषधीमा समावेश सबै जटिबुटीको कम्पोजिशन मन्त्रालयमा पेश गर्न पतन्जलीलाई निर्देशन दिएकोछ । सबै मामिलाबारे निस्कर्ष नकिस्केसम्म नयाँ औषधीको विज्ञापन नगर्न समेत मन्त्रालयले पतन्जलीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २२ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country