३ पुस २०८२, बिहिबार | December 18, 2025

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध



म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको छ ।

लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए । “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ ।

मुस्ताङ जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभिरमा धेरै समस्या रहेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडकखण्डअन्तर्गत गत शनिबार चमेरेदेखि मुस्ताङको सिमाना घाँसासम्म करीब आधादर्जन स्थानमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाएर यातायातका साधन सञ्चालन गरेको तीन दिन बित्न नपाउँदै आज बिहानदेखि पुनः सडक अवरुद्ध भएको हो । -रासस

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ३९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन