७ कार्तिक २०८३, शनिबार | October 24, 2026

हवाई उडान सुरु हुनुपूर्व बुद्ध एयरको अभ्यास उडान



काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ ।

सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व आज अभ्यास गरेको हो ।

उडान सुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट राक्ने सकियोस भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले बताए । प्रोटोकल अनुसारको तालिम दिएर अभ्यास थालिएको बस्नेतले जानकारी दिए । आन्तरिक उडान करिब ४० दिनपछि सुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उनको भनाई छ ।

बुद्धले नियमित उडान सुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको बस्नेतले बताए ।

यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ । तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उनले बताए । हरेक उडानपछि जहाव डिसइन्फेक्सन हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : १२ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर