१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

दुई करोड अमेरिकी नागरिक कोरोना संक्रमित हुन सक्ने



एजेन्सी । कोरोना संक्रमणको सर्वाधिक महामारी झेलिरहेको अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाको सेन्टर्स फर डिजिजेज् कन्ट्रोल सिडिसीले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमितभन्दा १० गुणा बढी हुनसक्ने जनाएको हो ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो खुलासा भएको हो ।

वल्डोमिटरका अनुसार अमेरिकामा संसारकै सबैभन्दा बढी २५ लाख बढीमा सङ्क्रमण देखिएको छ भने १ लाख २६ हजार ७ सय बढीको मृत्यु भैसकेको छ ।

केही दिनदेखि दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन् ।वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ ।

तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको अनुमान छ ।

‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक सङ्क्रमणमा अन्य १० सङ्क्रमण छन ।’ सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बताए ।

उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतः महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला ।’

उनले अमेरिकाको पाँचदेखि आठ प्रतिशतसम्म जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह गरेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : १२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले