७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा स्थायी कमिटी बैठक जारी, अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक जारी छ । बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।
बैठक संचालनको जिम्म प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर ओली बालुवाटारमै अन्य काममै व्यस्त बनेका छन् ।

ओलीको अनुपस्थितिप्रति स्थायी कमिटी सदस्यहरुले भने असन्तुष्टि जनाएका छन् । आफ्नो आलोचना हुनेभएपछि बैठकमा अनुपस्थित भएर छल्न खोजेको उनीहरुले टिप्पणी गरेका छन् ।

आजको बैठकमा पहिल्यै तय गरिएको एजेण्डामा केन्द्रित रहेर सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । गत बैशाखमै स्थायी कमिटीको बैठक माग गरेका अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको सरकार संचालन गर्ने कार्यशैली र पार्टीलाई वाइपास गर्ने कार्यप्रति आलोचना गरेका छन् ।

सरकारको समीक्षलाई गोलमाटोल पारेर एजेण्डा तय गरिएको भन्दै बुधबारको बैठकमा सदस्यहरुले आपत्ति जनाएपछि एजेण्डाको संशोधन गरिएको थियो ।

स्थायी बैठक मुख्यगरी सरकार संचालन र एमसीसीमाथि नै बढ्ता केन्द्रित हुने देखिएको छ ।

बुधबार सुरु भएको बैठकको पहिलो दिन अध्ययद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा एकअर्कामाथि तितो पोखिएको भन्दै कतिपय सदस्यहरुले बैठकपछि निरासा समेत पोखेका थिए ।

दुई अध्यक्ष र नेता माधव कुमार नेपाल पक्षधरहरुबीच तिब्र घोचपेच हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई