१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

अध्यक्ष केपी ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक संचालन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको शुक्रबारको बैठक अध्यक्ष केपी ओलीको उपस्थिति बिना नै चलेको छ ।

अर्को काम भएको भन्दै महासचिव बिष्णु पौडेलमार्फत अध्यक्ष केपी ओलीको संदेश आएपछि बैठक सुचारु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ-आफ्ना धारणा राखेका छन् ।

एजेण्डा अनुसार बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको जानकारी दिंदै भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेकाले वार्ता हुन नसकेको जानकारी दिएका थिए ।

ज्ञवालीले बैठकमा कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका थिए ।

ज्ञवालीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट बैठकमा स्पष्ट पारेका थिए ।

आजको बैठकमा बैठकमा लिलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

बैठकको सुरुमा बस्नका लागि अध्यक्ष द्वयलाई सोफा र अन्यलाई कुर्चि राखिएकोमा सदस्यहरुले बिरोध जनाएपछि दुबै अध्यक्ष बस्ने स्थानबाट सोफा हटाएर कुर्चि राखिएको थियो ।

स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ०५ बजे

कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले