१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

विश्वलाई बाटो देखाउने श्रवणदृष्टिविहिन हेलेन केलर



जव जीवनमा खुसीको एउटा ढोका बन्द हुन्छ, अर्को आफै खुल्ला हुन्छ । हामी बन्द ढोका तिर मात्र हेरेर हाम्रो समय बर्बाद गर्छौ, खुल्ला ढोकाहरु तिर हेर्दैनौ : हेलेन किलर
अमेरिकाको अलावामा भन्ने ठाँउमा हेलेन केलरको जन्म सन १८८० जुन २७ मा भएको थियो । उनी २ वर्षको उमेरमा श्रवण शक्ति र दृष्टि गुमाएकी हेलेन आज विश्वमै सबैको प्रेरणाकि स्रोत बन्न पुगिन । १९६८ मा उनको निधन भयो तर कर्म भने सदा सदाका लागि स्मरणीय रहको छ । हेलेन केलरले आफनो जीवनकालमा अपांगताको विषयलाई संसार भर जनचेतना फैलाउने काम गरिन । आफु श्रवणदृष्टिीविहिन भएर संसारलाई बाटो देखाउन हेलन सफल भइन फलस्वरुप आज सबैको मुखमा हेलेन नाम प्रशिद्ध छ ।

टिकाराम पौडेल

श्रवणदृष्टिविहीनता (Deafblindness);   सुनाइ सम्बन्धी अपांगता वा दृष्टि सम्बन्धी अपांगता नभई एक पृथक वर्गको अपांगता हो । श्रवणदृष्टि विहीनतालाई दुई इन्द्रिय सम्बन्धी अपांगताका रुपमा पनि बुझ्न सकिन्छ जसमा सुनाइ र दृष्टि सम्बन्धी अपांगता एकै व्यक्तीमा रहेको हुन्छ ।
सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तीहरुले सुनाइको कार्यगत सिमिततालाई दृष्टिको क्षमता प्रयोग गरि परिपूर्ति गर्ने प्रयत्न गर्दछन भने दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तीहरुले सुनाइको क्षमता प्रयोग गरि दृष्टिको कार्यगत सिमिततालाई परिपूर्ति गर्ने प्रयत्न गर्दछन । श्रवणदृष्टि विहीनता भएको व्यक्तीको हकमा दुई इन्द्रियमा आउने कार्यगत सिमितताका कारण अन्य इन्द्रियबाट सिमितता पुरा गर्ने अवस्थामा समेत बाधा पुग्न जान्छ जसले संचार, शिक्षा, गमनशिलता लगायतका अन्य आवश्यकता प्राप्त गर्न समेत कठिनाइ उत्पन्न हुन्छ ।

विश्व स्वाथ्य संगठन (WHO) का अनुसार विश्वको कुल जनसंख्याको करिब ०.०४ प्रतिशतमा श्रवणदृष्टि विहीनता अपागंता रहेको जनाएको छ । दृष्टि तथा सुनाइ सम्बन्धी स्वास्थ्य सेवामा पहूँचको कमी, गर्भवति हुनपूर्व रुवेलाको खोप प्रयोग नहुने, श्रवणदृष्टि विहीनताका सम्बन्धमा जनचेतनाको कमी हुने, विभिन्न किसिमका संक्रमण रोगहरु आदि कारणले गर्दा विकसोन्मुख राष्टहरुमा कुल जनसंख्याको २ प्रतिशत सम्ममा श्रवणदृष्टि विहीनता रहन सक्ने समेत विश्व स्वास्थ्य संगठन(WHO) ले जनाएको छ ।
नेपालको राष्टिय जनगणना वि. सं. २०६८ अनुसार नेपालमा ९७१४ श्रवणदृष्टि विहीनता भएका व्यक्तीहरुको संख्या रहेको देखाएको छ जुन कुल जनसंख्याको ०.०३७ प्रतिशत हुन आउँछ । सोहि गणनाको अनुसार रुपन्देही जिल्लामा पुरुष ९३ जना, महिला ८८ जना गरि जम्मा १८१ जना श्रवण दृष्टि विहिन अपांगता भएको पाईन्छ ।
नेपाल सरकारले अपांगता भएका व्यक्तीहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा अपांगतालाई १० वर्गमा वर्गिकरण गरेको छ । श्रवणदृष्टि विहीनता उक्त १० वर्ग मध्येको एक वर्ग हो । उक्त ऐनले गरेको व्यवस्था अनुरुप श्रवण दृष्टिविहिन अपांगता भन्नाले सुनाइसम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति भनेर बुझिनछ ।
नेपाल सरकारले ऐनमा नै श्रवणदृष्टि विहीनतालाई परिभाषित गरेता पनि उक्त परिभाषा पूर्ण हुन सकेको छैन जसका कारण श्रवणदृष्टि विहीनताको पहिचान, परिचय पत्र प्राप्तीमा निकै चुनौति रहेको छ । उपयुक्त दृष्टि तथा सुनाइ सम्बन्धी परिक्षणको अभाव तथा श्रवणदृष्टि विहीनता सम्बन्धमा जानकारीमा कमीका कारण जन्मजात श्रवणदृष्टि विहीनता भएकाले बहु अपांगताको र पछि श्रवणदृष्टि विहीनता भएकाले अधिकांशले सुनाई सम्बन्धी मात्र वा दृष्टि सम्बन्धी उल्लेखित परिचय पत्र प्राप्त गर्ने गरेका छन । नेपाल सरकारको निती तथा कार्यक्रमहरुमा केन्द्रीय, प्रदेश, स्थानिय तह सम्मको कार्यक्रममा श्रवणदृष्टि विहीनता सम्बन्धी कुनै कार्यक्रम तथा श्रवणदृष्टि विहीनता भएका व्यक्ती तथा उनिहरुको अभिभावकहरुलाई सहयोग हुने वा दिने कुनै ठोस कार्यक्रमको व्यवस्था गर्न सकेको छैन ।
सबैले उपयुक्त शिक्षा, संचार, अवसर तथा वातावरण पायो भने जसले जे पनि गर्न सक्दछन भन्ने उदाहारण हेलेन केलर बाट सिक्न सकिन्छ । नेपालमा पनि श्रवणदृष्टिविहीन व्यक्तिहरुलाई उचित वातावरण र अवसरको खाँचो छ ।
यस प्रकारको अंपागता प्रति सम्बन्धीत सरोकार वाला निकायहरुको ध्यानकर्षण हुन जरुरी छ ।

लेखक नेत्रहीन संघ रुपन्देहीका सचिव हुन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : २६ बजे

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि