२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

शान्तिको कामना सहित बुटवलदेखि लुम्बिनीसम्म साइक्लिङ यात्रा



बुटवल । विश्व शान्तिको कामना गर्दै शनिबार बुटवलदेखि लुम्बिनीसम्म शान्ति साईकल यात्रा गरिएको छ ।

लुम्बिनी विकास कोष र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा रुपन्देही जिल्ला साईक्लिङ संघले शनिबार शान्ति साईकल यात्रा आयोजना गरेको हो । बुटवलको ट्राफिक चोकमा साइकल यात्राको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले साईकलमार्फत शान्ति र पर्यटनलाई जोड्ने नमुना काम भएको बताए ।

बुटवल सामरिक महत्व बोकेको जितगढी किल्ला रहेको स्थल हुदै विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थलसम्म गरिएको यात्रा भौतिक दुरी कायम गरेर शारीरिक ब्यायाम समेत हुने बताए । उनले सौखमात्र नभइ यसबाट दैनिक उपाजर्नका लागि प्रयोग हुने गरि नेपालमा नै साईकल उद्योग खोल्न युवाहरुलाई सुझाव दिए ।

युवाहरु मिलेर साईकल कम्पनि नेपालमै खोल्नुपर्छ । उनले भने । वर्षेनी विदेशी साईकलमा जाने रकम रोक्नतर्फ लाग्न उनले सुझाव दिए । यात्रामा बुटवल, तिलोत्तमा, सैनामैना र तौलिहवाका गरि ४५ जना साइक्लिष्टहरु सहभागी भएका थिए । साईक्लिष्टहरु बुटवलबाट सैनामैना रामापुर हुदै बुद्धजन्मस्थल लुम्बिनीमा पुगेर दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा लुम्बिनी होटल ब्यवसायी संघका पदाधिकारीहरुले साईकल यात्रुहरुलाई खादा लगाएर स्वागत गरेका थिए । संघका सचिव लिलामणी शर्माले पर्यटन ब्यवसायीहरुको योजनालाई मुर्त रुपमा दिने काम भएको बताए । लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन र वातावरण जोगाउन साईक्लिङ सहयोगी हुने भन्दै ३ दिनको प्याकेज सहितको योजना ल्याएको उनले बताए । यात्रामा सबैभन्दा कान्छा ७ वर्ष १० महिनाका मनिक श्रेष्ठले साईकल चलाएर यात्रा पुरा गरेका थिए ।

गोलपार्क श्रेष्ठ एभरेष्ट बोर्डिङमा कक्षा ३ मा अध्ययन गर्दछन । संघका अध्यक्ष पुकार थापाले विश्वशान्तिसंगै पर्यटन प्रवद्र्धनका लागि समेत यात्रा लाभदायक भएको बताए ।

सैनामैना र लुम्बिनी सास्कृतिक नगरलाई ध्यानाकर्षण पत्र

रुपन्देही जिल्ला साईक्लिङ संघले साईकलमैत्री पूर्वाधार निमार्ण गर्न स्थानिय पालिकाहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शनिबार सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर केसी र लुम्बिनी सास्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरीलाई संघका अध्यक्ष पुकार थापा, यात्रा संयोजक अभिशेष भारी, सचिव अशोक राई, कोषाध्यक्ष बिमल बस्नेतले पत्र बुझाएका हुन । सैनामैनामा पत्र बुझदै नगरप्रमुख केसीले नगरका सबै योजनालाई जनताको चाहना र ईच्छा अनुसार ढालिने बताए ।

देशमै सबैभन्दा धेरै ३५ प्रतिसत साईकल चलाउने समुहको आवश्यकता अनुसार पूर्वाधार नहुदा सडक दुर्घटना बढेको भन्दै अब यसतर्फ सरकारले ध्यान दिने बताए । सैनामैना नगरका पर्यटकिय क्षेत्रहरुलाई जोड्ने गरि गुरुयोजना अनुसार साईकलमैत्री अवधारण ल्याउने समेत उनले बताए ।

यता लुम्बिनी सास्कृतिक नगरका नगरप्रमुख चौधरीले युवाहरुबाट राम्रो सुझाव आएको बताए । पोखरादेखि लुम्बिनीसम्म पद यात्रा र साईकल यात्रा गराउने गरि योजना बनाएको भन्दै उनले इन्धनका सवारी रोक्न जरुरी रहेको भन्दै नगरलाई साईकलमैत्री बनाउने तर्फ लागेको दाबी गरे । तराईमा साईकल चलाउने धेरै छन तर साईकलमैत्री सडक नहुदा समस्या परेको उनले बताए ।

विश्वभरका पर्यटक भित्रने लुम्बिनीमा नगरपन्क्षीका रुपमा सारस चरालाई घोषणाा गरिएको भन्दै यहा पर्यटक सारस हेर्न पनि वर्षेनी धेरै आउने गरेको बताए । वडा नं १२ मा बर्ड पार्क बनाउन योजना अनुसार काम भैरहेको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : २० बजे

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर । भक्तपुर नगरपालिका-लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा