१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना



काठमाडौं । अहिले देशभर मनसुनी (दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव कायम रहेको छ ।

यसकासाथै मनसुनी न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रहेको छ भने केही स्थानमा वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ४० बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।