५ पुस २०८२, शनिबार | December 20, 2025

यूएईबाट हालसम्म १८ सय बढी नेपालीको उद्दार



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि विभिन्न मुलुकमा अलपत्र परेका नागरिकहरुको उद्दार सुरुभएसँगै हालसम्म हजारौं नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

यूनाइटेड अरब इमिरेट्स (यूएई)बाट हालसम्म चार्टर उडानमार्फत १ हजार ८८९ जना नेपाली स्वदेश फर्किएका छन् ।

आबुधावीस्थित नेपाली दूताबासले जारी गरेको विज्ञप्ति अनुसार जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।

यसअवधिमा ११ वटा चाटर्ड उडान भएको छ । थप उद्दारको क्रम पनि जारी रहेको दूताबासले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं ।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको