५ पुस २०८२, शनिबार | December 20, 2025

चिनियाँ राजदूतको अन्तर्वार्ता लिएपछि प्रेस ट्रष्ट अफ इन्डियामाथि वर्षियो सरकारी डण्डा, राष्ट्रहित विरोधी काम गरेको आरोप



भारतको चर्चित समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया पीटीआईमाथि राष्ट्र विरोधी सामाचार प्रकाशित प्रसारित गरेको अभियोग लागेको छ ।

गत जुन १५ मा गलवान क्षेत्रमा भएको चिनियाँ सेनासँगको हिंस्रक झडपमा २० जना भारतीय सेना मारिएपछि भारतमा चीन विरोधी माहोल बढिरहेको छ ।

तर, तनाबपूर्ण विादकै बीच भारतका लागि चिनियाँ राजदूतको अन्तर्वार्ता लिएका कारण पीटीआई भारत सरकारको निशानामा परेको हो । पीटीआईमाथि केन्द्र सरकारको नियन्त्रणमा रहेको प्रसार भारतीले कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

चिनियाँ राजदूतको अन्तर्वाता देशका लागि अहितकर रहेको र भारतको अखण्डतामाथि चोट पुर्याउने खाले रहेको भन्दै प्रसार भारतीले शनिबार पीटीआईलाई राष्ट्र हितमा नरहेको अन्तर्वार्ता लिएको बारे स्पष्टिकरण पत्र पठाएको हो । प्रसार भारतीका प्रमुख समीर कुमारले पीटीआईका मार्केटिङ प्रमुखलाई पत्र पठाएका छन् ।

प्रसार भारतीयले पीटीआईसँग आफ्नो सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएको छ ।

पीटीआईले चिनियाँ राजदूत सुन वेइडोङको अन्तर्वार्ता लिएको थियो । चिनियाँ दूतावासको वेवसाइटमा समेत प्रकाशित सो अन्तर्वार्ताको क्रममा राजदूत सुनले सीमामा भारतकै कारण तनाब बढेको आरोप लगाएका थिए । तनाब समाप्त गर्न पनि भारतकै भूमिका प्रमुख हुने सुनले जिकिर गरेका थिए ।

पीटीआईले बेइजिङबाट समेत रिपोर्टिङ गर्दै आएको छ ।

गलवान घाँटीमा भारत र चीनब बीच बढेको तनाब र २० भारतीय सेनाको मृत्युपछि भारतमा चीन विरोधी गतिविधि बढिरहेको छ । चिनियाँ सामान बहिस्कार गर्नेदेखि आफैले खरिद गरेको चिनियाँ उत्पादनहरुलाई तोडफोड गर्दै आफ्नो आक्रोश व्यक्त गरिरहेका छन् ।

भारतीय सेना गलवान क्षेत्रमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीको चिनियाँ क्षेत्रमा प्रवेश गरेर सडक निर्माणको काम गरेको भन्दै चीनले आपत्ति जनाउँदै रोकेपछि तनाव सुरु भएको थियो । भारतको विदेश मन्त्रालयले भने चिनियाँ सेनाले भारतीय जमिन अतिक्रमण गरेको आरोप लगाएको थियो ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी मुलुककाु सेना आफ्नो देशका सीमा भित्र प्रवेश नगरेको स्वीकार गरेका छन् ।

गलवानमा बढेको सैन्य तनाबले दुई विशाल छिमेकी मुलुकको सम्बन्ध तल्लो स्तरमा झरेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको