१० भदौ २०८३, बुधबार | August 26, 2026

तीन दिनमै कल्भर्टको फर्मा निकालेपछि कपिलवस्तु का जनता आक्रोशित



कपिलवस्तु । ढलाई गरेको ३ दिन नवित्दै कल्वट को साचो फ्रेम निकाले पछि स्थानीय बासिन्दाले विरोध गरेका छन ।

कपिलवस्तु नगरपालिका वडा नं ९ श्रीनगरमा संघीय आयोजना कार्यन्वयन इकाई शहरी विकास अन्र्तगतको दोस्रो फेज तिलौराकोट जहदी सडक निर्माणमा कल्वट ढलान गरेको ३ दिनमा र्फामा ९सटरींगं० निकाले पछि विवाद सृजना भएको हो ।

६ किलोमिटर लामो रहेको सडक लुम्बिनी आशिष सन्तोषी जे.भी भरतपुर चितवनको निर्माणको जिम्मा रहेको छ ।

यसरी ढलान गरेको ३ दिनमा फार्मा निकाल्न नमिल्ने र कम्तीमा २१ दिनसम्म राख्नुपर्ने शहरी विकास योजनाका इन्जिनियर बलराम कुसेत बताउँछन् ।

ठेकदार ले ढलान गर्दा फार्मा झिक्दा समेत आफुहरुलाई जानकारी समेत नगराएको कुसेतले जानकारी दिएका छन ।

फार्मा निकाल्दा मजदुरहरुले समन्वय नै नगरी निकालेको सुपरवाइजर प्रमोद राज मिश्राले बताए ।
ढलानको फार्मा निकालेर गल्ती भएको मिश्राले स्वीकार गरे ।

ढलान बुधवार दिउसो गरिएको र शनिवारनै र्फामा खोलिएको वडा अध्यक्ष शिवबहादुर बाग्लेले बताए ।अव यसमा प्राविधिक विज्ञ बोलाएर देखाउने र विज्ञको सलाह सुझाव अनुसार नै अघि बढ्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : १८ बजे

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी