१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विदेशमा रहेका ११ हजार भन्दा बढी नेपालीको उद्धार, ८७ वटा शव नेपाल ल्याइयो



लन्डन । कोरोना भाइरसको संक्रमणका विदेशमा मृत्यु हुनेको यो साता संख्या शून्यमा झरेको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र ८ हजार भन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ । हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार यही साता पहिलो पटक साउथ अफ्रिकामा रहेका ५ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अफ्रिकी अन्य देश सहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो ।

यो साता बंगललादेशमा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ यस्तै भारतमा १ सय ५० जना थप नेपालीमा संक्रमण भएको छ ।

नेपालको १२ हजार ३ सय ९ सहित विश्वभरका ३७ देशमा ३८ हजार ५ सय ३६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपालमा भने हालसम्म २८ जनाको ज्यान गएको छ भने रहेको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएका छ ।

यस्तै, डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरिया, मलेसिया, लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइए
भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको छ । जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो ।

कुन देशबाट कति फर्काइए ?
विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरुले सहकार्य एवं समन्वय गरिरहेका छन् ।

जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट नेपाली स्वदेश फर्किएका हुन् । शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १,२१८, मलेसियाबाट ९२१, बगंलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, अमेरिकाबाट ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

सोही अनुरुप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

८७ वटा शव नेपाल ल्याइयो
विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ ।

हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ । यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ ।
यसबाहेक १२० वटा शव अझै विदेशमै रहेका छन् । जसलाई नेपाल ल्याउन गैरआवासीय नेपाली संघले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : ०६ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’