४ पुस २०८२, शुक्रबार | December 20, 2025

सर्लाहीको धनकौलमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते



सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा १२ जना घाइते भएका छन् ।

उनीहरु बन्दुकको छर्रा लागेर घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

बाटो प्रयोगको सामान्य विषयमा झडप सुरु भएको थियो । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा सुरु भएको विवादमा दुवै तर्फका झण्डै एक एक सय मानिस भेला भएपछि झडप भएको थियो । झडपका क्रममा गोली समेत चलेको थियो ।

गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।

आइतबार राति साढे ८ बजे भएको घटना उग्र बनेपछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको