१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रोट्रयाक्ट पब्लिक इमेज अवार्ड लमजुङलाई



बुटवल । रोट्रयाक्ट क्लब आफ बुटवल डाउनटाउनद्धारा आयोजित पब्लिक ईमेज अवार्ड रोट्रयाक्ट क्लब अफ लम्जुङ ले प्राप्त गरेको छ । क्लबले एक समारोह बिच नतिजा सार्वजनिक गरेको छ ।

उक्त प्रतियोगितामा नेपाल भरीबाट १८ क्लबहरुले भाग लिएका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ लम्जुङले कुल ५० अंक प्राप्त गरी प्रथम भई नगद रु १०००० र प्रमाण पत्र, रोट्रयाक्ट क्लब अफ दमैलीले ४७ अंक प्राप्त गरी द्धितिय भई नगद रु ५००० र प्रमाण पत्र प्राप्त गरेको छ ।

कार्यक्रम आयोजक क्लबका अध्यक्ष मधु भट्टराईको अध्यक्षतामा साथै रोटरी ३२९२ का ए।जि राजेन्द्र ढकाल को संयोजकत्वमा, रोटरी क्लब अफ बुटवल डाउनटानका अध्यक्ष तुल्सि घिमिरे, जेड.आर.आर प्रकाश गैह्रे, पुर्व अध्यक्ष जिवन अधिकारी, कृष्ण पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष मधु भट्टराईले पब्लिक इमेज कार्यक्रमको उद्देश्य व्यक्त गर्दै रोट्रयाक्टका हरेक कार्यक्रमहरुले समाजमा जनचेतना फैलाउनुका साथै हरेक गतिविधि सुचनामुलक हुनु पर्ने बताउदै सकरात्मक सन्देश दिने हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा रोटरी ३२९२ का ए.जि राजेन्द्र ढकालले पब्लिक ईमेज अवार्ड आयोजना गरेकोमा क्लबको प्रसंशा गर्दै क्लबहरुकालागि प्रेरणाका स्रोत भएको बताएका थिए ।

साथै रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुल्सि घिमिरेले रोट्रयाक्ट क्लबले गरेका बर्ष भरीका कार्यक्रमहरुको प्रसंशा गर्दै पब्लिक इमेज अवार्डले क्लबहरुलाई आफुले गरेको हरेक कार्यक्रमहरु सुचनामुलक र सकरात्मक सन्देश दिने कार्यक्रमहरुको प्रचार प्रसार गर्न प्रेरणा दिएको बताएका थिए ।

बर्ष २०१९/२० मा जुन क्लबहरुले गरेका कार्यक्रमहरुको आबेदनका आधारमा अग्रपंतिमा रहि सामाजिक कार्य गरी समाजलाई सकरात्मक सन्देश दिन विभिन्न सुचनाका माध्यमहरु प्रयोग गरी शुसुचित गरेको थियो यहि आधारलाई मूल्याङकन गरी बिजेता चयन गरीएको क्लबका पुर्व अध्यक्ष जिवन अधिकारीले जानकारी गराएका थिए ।

रोटरी डिस्ट्रीक ३२९२ ले सुरुवात गरेको पब्लिक ईमेज अवार्ड कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले यस बर्ष देखि नेपालमै पहिलो पटक आयोजना गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : २४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान