१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवलको धेरै जनघनत्व रहेको ११ नम्बर वडाको नयाँ भवन बन्ने



बुटवल । बुटवल उपमहानगरपालिकाको सबै भन्दा धेरै जनघनत्व भएको र भौगोलिक हिसाबले पनि ठूलो वडा ११ को आफ्नै कार्यालय भवन बन्ने भएको छ ।

देविनगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको सोमबार एक समारोहबीच उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । त्यसअवसरमा उहाँले निर्धारित समयमै निर्माणकार्य सक्न र भवनसंहीताको पूर्ण पालना गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै स्थानीय समुदायलाई निगरानी र समन्वय गरेर काममा सघाउन पनि आग्रह गर्नुभयो ।

करिब एक करोड बराबरको लागतमा निर्माण हुने अढाइ तले उक्त वडा कार्यालय भवन एक वर्ष भित्रमै निर्माण सक्नेगरि सर्वश्रेष्ठ विल्डर्सले निर्माणकार्यको जिम्मेवारी पाएको बुटवल उपमहानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

भवन शिलन्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, वडा।११ का अध्यक्ष रामचन्द्र क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, वडाका राजनीतिक दल, नागरिक अगुवा र प्राविधिकहरुलगायतको उपस्थिति थियो ।

बुटवलमा यसअघि वडा नं २, ५, १० को नयाँ भवन निर्माण भएको छ । अब वडा नं. १३ को पनि केही समयमै भवन निर्माणको काम सुरु हुने छ । १९ वटा वडा रहेको बुटवलका सबै वडा कार्यालयलाई विस्तार र व्यवस्थित गर्न लागिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । नयाँ निर्माण भएका बाहेकका वडा कार्यालयमा तला थप्ने र स्तरोन्नति गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

वडा नं. १, ४, ८ तथा १८ र १९ का पनि नयाँ भवन निर्माणको तयारी भइरहेको छ । वडा नं. १ को कार्यालय भवन जितगढी सम्पदा परिसरमा रहेका कारण त्यहाँबाट हटाइएको हो भने बाँकी चार वटा वडा कार्यालयहरु विभिन्न भवनलाई कार्यालयका रुपमा प्रयोग गर्दै आएको अवस्थामा छन् । त्यस्ता कार्यालयलाई पनि अब थप विस्तार गरेर व्यवस्थित गराइने भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

महानगर र बृहत्त बुटवलको अवधारणाका साथ बुटवलको नीति तथा कार्यक्रम बजेट आएको छ । नयाँ प्रशासशनिक भवन निर्माण भइरहेको छ । हालको कार्यालय परिसर भन्दा पूर्वपट्टीको खाली ठाउँमा व्यवस्थित र अत्याधुनिक भवनको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले