२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स मणि उजेसको अध्यक्षमा गुरुङ्ग निर्वाचित



बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेसको वर्ष सन् २०२०/२१ का लागि नयाँ नेतृत्व तथा हस्तान्तरण कार्यक्रम भएको छ ।

वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको समुहले वर्ष २०२०/२१ का नव निर्वाचित अध्यक्ष सोनाली गुरुङ्गको समुहलाई आफ्नो नेतृत्व हस्तान्तरण गरेको हो । वर्ष २०/२१ का लागि भएको निर्वाचनले प्रथम उपाध्यक्षमा ईन्जिनियर प्रविना घिमिरे, द्वितीय उपाध्यक्षमा सरस्वती पन्थी भुषाल, सचिवमा डाक्टर शान्ता शर्मा, कोषाध्यक्षमा सृजना श्रेष्ठ, सहचिवमा सन्जु पाठक, सहकोषाध्यक्षमा सन्जिवना आचार्यलाई निर्वाचित छ ।

यस्तै क्लवले सर्भिस प्रोजेक्ट चियरप्रशनमा रोजीना ज्ञवाली, मेम्बरसीप चियरप्रशनमा प्रिया कसौधन, मार्केटिङ्ग एण्ड कम्युनिकेशन चियरप्रशनमा रितु गुरुङ्गलाई चयन गरेको हो । त्यसैगरी क्लवको डाईरेक्टरमा मनुजा देवकोटा, विनिता भट्टराई, अलिना श्रेष्ठ, सल्मा केसी राई तथा क्लवको एम्बेस्टरमा सुशिला चौधरी र टामेरमा सुपर्ना बरुवाललाई चुनेको छ ।

क्लवका वर्ष वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको निर्वाचनपछिको नेतृत्व हस्तान्तरण कार्यक्रमममा क्लवका पुर्व अध्यक्ष सृष्टि गुरुङ्गले नयाँ टिमलाई बधाई तथा शुभकामना दिदै महिला ब्यक्तित्व, नेतृत्व विकाससँगै सशक्तिकरण र समाज रुपान्तरणमा क्लवले उदाहरणीय कार्य गर्नेतर्फ अफै अग्रसरता बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेतृत्व हस्तान्तरण गर्दै नव निर्वाचित अध्यक्ष सोनाली गुरुङ्गले वर्ष २०२०/२१ लाई कारोना विरुद्धको सचेतना वर्ष कार्यक्रम गर्ने उल्लेख गर्दै अघिल्लो कार्यसमितिले थालेका कार्यक्रमको निरन्तरतासँगै क्षमता विकास, उत्प्रेणात्मक, सामुदायिक सचेतना लगायतका कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : ४९ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम