२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

भैरहवा ग्रीनसिटिद्वारा सामुदायिक विद्यालयलाई खानेपानि ट्यांकी सहयोग



भैरहवा । हामी सेवा गर्छौ भन्ने नाराका साथ स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले सिद्धार्थनगर वडा नम्बर २ स्थित म्यूडिहवा आधारभूत विद्यालयलाई खानेपानि ट्यांकी सहयोग गरेको छ ।

स्वच्छ खानेपानिको अभाव रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थि, शिक्षक, कर्मचारीलाइ लक्षित गरी भैरहवा ग्रीनसिटीले टयांकी सहयोग स्वरुप प्रदान गरेको हो ।

बिक्रम सम्बत २०१६ सालमा स्थानिय उमादेवि शाहिको नेतृत्वमा स्थापना भएको उक्त विद्यालयलाई अति आवश्यक खानेपानि टयांकी सहयोग गरेर भैरहवा ग्रीनसिटीले उच्च मानविय कार्य गरेको विद्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ समाजसेवि लायन्स क्लक अफ डिस्ट्रिक ३२५ बि २ का स्ट्राजेडिक चिफ धर्मराज श्रेष्ठले बताए ।

प्रमुख अतिथी श्रेष्ठले भने, ‘लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले मानविय कार्यमा गरेको यो कार्य उल्लेखनीय छ । युवाहरुको नेतृत्व रहेको भैरहवा ग्रीनसिटीको महान अभियानले म पनि अति खुसी भएको छु ।’

श्रेष्ठले मान्छेका लागि अतिआवश्यक स्वच्छ खानेपानिको अभाव पूर्ति गर्न गरिएको कार्यले सम्पुर्ण लायन्सहरुलाई गौरवान्वित बनाएको बताए । उनले सो अवसरमा लायन्स क्लब भैरहवा ग्रीन सिटीको संयोजनमा अक्षयकोष स्थापना गर्नेगरी ५१ हजार समेत प्रदान गर्ने घोषणा गर्दै भने, ‘यो विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीको छात्रावृत्तिको लागी लायन्स क्लब भैरहवा ग्रीन सिटिले संयोजन गर्नेगरी रकम सहयोग गर्नेछु । ’

समाजसेवि श्रेष्ठले लायन्समा सेवाको भावना मात्रै प्राथमिकतामा पर्ने बताउदैं सबै लायन्सहरु एक भएर मानविय सेवामा सक्रिय रुपमा लाग्नुपर्ने पनि बताए ।

कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रिक ३२५ बि २ का अर्का स्ट्राजेडिक चिफ नबराज न्यौपानेले ३ महिना अगाडी स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले भैरहवा क्षेत्रमा गरेको गतिविधी अन्य क्लबहरुको तुलनामा अग्रणी भएको बताए । ‘बर्षौ अगाडी स्थापना भएका क्लबहरुकै हाराहारीमा भैरहवा ग्रीनसिटीले काम गरिरहेको छ । सामाजिक सेवाको यो गति सधैं निरन्तर होस् । ’

सो अवसरमा म्यूडिहवा आधारभूत विद्यालय व्यवस्थापन समिती अध्यक्ष गजेन्द्र कोहारले कक्षा १ देखि ५ कक्षा सम्म सन्चालित उक्त विद्यालयमा हाल १९२ जना विद्यार्थि अध्ययनरत रहेको बताए । उनले भने ‘हामीलाई सहयोगी हातहरुको खाचों छ ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुले अध्ययन गर्ने उक्त विद्यालयको शिक्षालाई समयानुकल प्रतिसपर्धि बनाउन भौतिक पुर्वाधार आवश्यक देखिन्छ । त्यसकोलागि सबैको सहयोगको अपेक्षा गर्दछौं । ’

आफैले पढेको विद्यालयमा आफुले नै नेतृत्व गरेको संस्था मार्फत सहयोग गर्न पाउदा अत्यन्तै खुसी लागेको ग्रीनसिटीका अध्यक्ष शिवनाथ गुप्ताले बताए । ‘लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको अगुवाईमा लायन्स छात्रावृत्ति प्रदान गर्नेगरि अक्षय कोष स्थापनाको काम छिटै अगाडी बढाउछौं । ’

ईतिहास बोकेको म्यूडिहवा आधारभूत विद्यालयको सर्वागिण विकासकोलागि लायन्स क्लब भैरहवा ग्रीनसिटीको नेतृत्वमा आगमी दिनमा पनि सहयोग जुटाउन पहल गरिने उक्त कार्यक्रमका संयोजक विशाल बस्नेतले बताए ।

५ कठ्ठा ७ धूर जग्गाको क्षेत्रफलमा फैलिएको उक्त विद्यालयलाई चालु बर्षको बजेटमा सिद्धार्थनगरपालिका भैरहवाको ४८ लाख सहयोग मार्फत कक्षा कोठा निर्माण हुदैंछ । डेढ दशक अगाडी सम्म भैरहवाको चर्चित विद्यालय अन्तर्गत पर्ने उक्त विद्यालयमा अध्ययनरत विद्यार्थिहरु हाल देश विदेशमा रहेका छन् तर उक्त विद्यालयको भौतिक अवस्था भने नाजुक रहेको छ ।

मुर्गियाका क्यान्सर पीडित मनोज गिरीको उपचारमा सहयोग, रुख बाट लडेर घाइते भएका परासीका छोटू सहानीको उपचारमा सहयोग जस्ता मानविय कार्य गरेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले यस अघि बाल बहिरा विद्यालयमा बृक्षारोपण, कोरोना भाइरस सम्बन्धी सचेतना अभियान अन्तर्गत मास्क खै अभियान पनि सन्चालन गरको क्लबका सचिव भिम बहादुर थापाले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : १६ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु