७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

संबिधान दिवसको अवसर पारेर ग्रिन सिटीले ग¥यो बृक्षारोपण



भैरहवा । संविधान दिवसको अवसर पारेर भैरहवामा एक सामाजिक संस्थाले अन्तरक्रिया तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ ।

मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा आफुहरुले पनि कार्यक्रम गरेको कार्यक्रम संयोजक लायन दिनेश ठाकुरले बताए ।

स्थानिय सरकारहरुले पनि कुनै कार्यक्रम नगरिरहेको अवस्थामा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले बाल बहिरा माध्यामिक विद्यालय जंगलटोलमा एक कार्यक्रम गरि संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रम गरेको ग्रीनसिटीका अध्यक्ष शिवनाथ गुप्ताले बताए ।

अध्यक्षका अनुसार, ‘हामी सेवा गछौं भन्ने लायन्सको अन्तराष्ट्रिय नारालाई आत्मसाथ गर्दै स्थापना भएको भैरहवा ग्रीनसिटीले संविधान दिवसका दिन ग्रीनरीको अभियान स्वरुप बृक्षारोपण पनि गर्न गइरहेका छौं । ’सो अवसरमा लायन्स क्लब अफ ३२५ बि २ का स्ट्राटेडिक चिफ नवराज न्यौपानेले देशको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रमले सबैलाई उत्साहित बनाएको बताए ।

उनले भने नेपालको मूल कानून संविधानले सामाजिक सेवामा अग्रसर हुनेलाई कानूनतः थप उत्प्रेरित गरेको छ । ’ कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर २ का अध्यक्ष दीपक कुमार थापाले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघसंस्था र आम नागरिकले विभिन्न क्षेत्रबाट समृद्ध नेपालकोलागि प्रदान गरिरहेको योगदानको राज्यले कदर गर्ने बताए । अध्यक्षका अनुसार ‘लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले संविधान दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रम वास्तवमा अत्यन्तै महत्वपुर्ण छ । सामाजिक संघसंस्थाले गर्ने सामजिक गतिविधीहरु यस्तै महत्वपुर्ण र फलदायी हुनुपर्दछ । ’

कार्यक्रममा बहिरा बाल माध्यामिक विद्यालयका प्राचर्य भिम बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही सहसचिव कमल रायमाझी, म्यूडिहवा प्रहरी चौकि प्रमुख हृदय चौहान, कार्यक्रम संयोजक दिनेश ठाकुर, रोशन शर्मा लगायतले संविधान दिवसको महत्व र सामाजिक संघसंस्थाको भूमिकाको विषयमा धारणा राखेका थिए ।

सो अवसरमा उक्त विद्यालय प्रांगणमा बृक्षारोपण समेत गरिएको छ । भैरहवा ग्रीनसिटीले भैरहवाको निश्चित क्षेत्रलाई ग्रीनसिटी पार्क बनाउनेगरी कार्यक्रम बनाइरहेको क्लबका सह-सचिव रोशन शर्माले बताए ।

क्यान्सर पीडितलाई सहयोग गरेर स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले यसअघि सत्यसाई बृद्धाश्रम भैरहवामा आश्रय लिएर बसेका बुबाआमाको एक-एक लाख बराबरको कोरोना विमा गरिदिएको थियो । यसैगरी उक्त संस्थाले उक्त आश्रममा आश्रय लिएर बसेका बुबाआमालाई खाना खुवाउने पनि गरेको छ ।

कोरोना महामारीको संक्रमण विरुद्ध मास्क खै भन्ने अभियान समेत चलाएको ग्रीनसिटीले लायन्स क्लब अफ ३२५ बि २ मा आवद्ध ४२६ क्लबहरुमध्ये हाई मेम्बरसीप चार्टड अर्वाड प्राप्त गरेको थियो । लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीमा ५७ जना संस्थापक सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ३ : ४८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल