२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बृक्षारोपण सहित खाद्यान्न बोकेर बृद्धाआश्रम पुग्यो ग्रीनसिटी



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले वृद्धाश्रममा खाद्यान्न बोकेर पुगेको छ ।

क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा फलफूलको बिरुवा रोप्नुका साथै खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

क्लबले वृद्धाआश्रमका सञ्चालक समितिका सम्पूर्ण सदस्य र वृद्धवृद्धाहरुको कोरोना बीमा गरिदिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । क्लबका अध्यक्ष गुप्ताले वृद्धाश्रमकी अध्यक्ष माया खरेललाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«ेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्सको मर्म अनुरुप क्लबले सराहनीय कार्य गरेको बताए ।

कार्यक्रम संयोजक एवं क्लबका जनसम्पर्क अधिकारी विना पौडेल क्षेत्रीको स्वागत तथा सचिव भीम बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच कोभिड–१९ को संक्रमण बढिरहेकोले आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले यूनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) लिमिटेडबाट वृद्धआश्रमका सञ्चालक समिति सदस्य र वृद्धवृद्धाको हेरचाह गर्ने ३ जनासहित २० जना वृद्धवृद्धाहरुको एक एक लाखको कोरोना बीमा गरिएको क्लबका कोषाध्यक्ष बिनोद यादवले बताए । यस अघि क्लबले ब्लड क्यान्सर पीडित सैनामैना निवासी मनोज गिरीको उपचारका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।

त्यस्तै शनिबार लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको प्रथम बोर्ड बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले लायन्सको पाँचवटा विधामा रही वार्षिक ३८ वटा कार्यक्रम सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको क्लबका तृतीय उपाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : १३ बजे

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक