२ मंसिर २०८२, मंगलबार | November 18, 2025

बृक्षारोपण सहित खाद्यान्न बोकेर बृद्धाआश्रम पुग्यो ग्रीनसिटी



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले वृद्धाश्रममा खाद्यान्न बोकेर पुगेको छ ।

क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा फलफूलको बिरुवा रोप्नुका साथै खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

क्लबले वृद्धाआश्रमका सञ्चालक समितिका सम्पूर्ण सदस्य र वृद्धवृद्धाहरुको कोरोना बीमा गरिदिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । क्लबका अध्यक्ष गुप्ताले वृद्धाश्रमकी अध्यक्ष माया खरेललाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«ेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्सको मर्म अनुरुप क्लबले सराहनीय कार्य गरेको बताए ।

कार्यक्रम संयोजक एवं क्लबका जनसम्पर्क अधिकारी विना पौडेल क्षेत्रीको स्वागत तथा सचिव भीम बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच कोभिड–१९ को संक्रमण बढिरहेकोले आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले यूनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) लिमिटेडबाट वृद्धआश्रमका सञ्चालक समिति सदस्य र वृद्धवृद्धाको हेरचाह गर्ने ३ जनासहित २० जना वृद्धवृद्धाहरुको एक एक लाखको कोरोना बीमा गरिएको क्लबका कोषाध्यक्ष बिनोद यादवले बताए । यस अघि क्लबले ब्लड क्यान्सर पीडित सैनामैना निवासी मनोज गिरीको उपचारका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।

त्यस्तै शनिबार लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको प्रथम बोर्ड बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले लायन्सको पाँचवटा विधामा रही वार्षिक ३८ वटा कार्यक्रम सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको क्लबका तृतीय उपाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : १३ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो