१० भदौ २०८३, बुधबार | August 26, 2026

कोरोना महामारीको खतरनाक अवस्था आउन बाँकी नै रहेको डब्ल्युएचओको चेतावनी



एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको जनाएको छ ।

डब्ल्युएचओको नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानमले महामारीको खराब चरण आउन बाँकी नै रहेको बताए । उनले महामारी चाँडै अन्त्य होस् भन्ने सबैको चाहना पुरा हुने संकेत नदेखिएको स्पष्ट पारे । उनले भने, ‘यो महामारी अन्त्य होस भन्ने सबैको चाहना छ । हामीले भन्नै पर्छ यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौँ । महामारीको सबैभन्दा खराब अवस्था आउनै बाँकी छ ।’

महानिर्देशक डा.अधानमले महामारी फैलिनमा नीतिहरुको पालना नहुँनु मुख्य कारण भएको तर्क गरेका छन् । उनले संसारभरका सरकारले महामारी नियन्त्रणका लागि पालना गर्नूपर्ने नियम पालनामा ध्यान नदिएको आरोप लगाउंदै नियम पालना नगर्ने देशले जर्मनी, दक्षिण कोरिया र जापानबाट सिक्नुपर्ने बताए ।

संसारभर अर्थव्यवस्था, सामाजिक जनजीवन र वैयक्तिक स्वतन्त्रताका नाममा भएको खुकुलो पनका कारण कोरोना महामारी थप फैलिने क्रममा रहेको उनको भनाइ छ । कोरोनाविरुद्धको लडाईँमा एउटा देशको मात्र नभएर संसारभर सबैको विशिष्ट प्रकारको एकता आवश्य रहेकोमा डब्ल्युएचओले जोड दिएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : १८ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय