२५ माघ २०८२, आइतबार | February 8, 2026

नेकपा स्थायी समितिको बैठक सुरु, बैठकको सुरुमै कुर्सीका बिषयमा विबाद



काठमाडौं । संसदमा बिधेयक माथिको दफावार छलफल कै शैलीमा संचालन भईरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको चौथो बैठक आज मध्यान्हबाट सुरु भएको छ । बैठक सुरुहुनु पूर्व पार्टीका पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली राष्ट्रपतिलाई भेट्न सितल निवास पुगेका थिए । उनी सितल निवासबाट फर्के लगत्तै बैठक सुरु भएको छ ।

बैठकको सूरुवातमा नै स्थायी कमिटी सदस्यहरुले बैठकमा राखिएको कुर्सीका बिषयमा प्रश्न उठाएपछि कुर्सी मिलाउने काम भएको स्थायी समिति एक जना सदस्यले बताए । सचिवालयका सदस्यहरुलाई अग्लो स्थानमा र अन्यलाई तल कुर्सी राखिएपछि सदस्यहरुले बिरोध जनाएका थिए । स्थायी समितीको तेस्रो बैठकमा पार्टी अध्यक्ष द्वयलाई राखिएको सोफा हटाईएको थियो ।

आज अपरान्ह सुरुभएको बैठकमा सबैको कुर्सी समान प्रकारको राखिएको छ भने अध्यक्ष द्वय र उपाध्यक्ष बामदेव गौतमलाई लहरै राखिएको बताईएको छ ।

तेस्रो बैठकमा सरकारले जारी गरेको नेपालको संशोधित नक्सा, सिमा समस्याका बिषयमा स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम बांकी रहेकाले आज बोल्न बांकी सदस्यहरुले बोलेपछि अर्को एजेण्डामा बैठक प्रवेश गर्ने छ । बैठकले यस अघि नै ७ वटा एजेण्डा तय गरिसकेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १ : २३ बजे

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै

धादिङको महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु

मलेखु । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको