२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

मुलुकभरको आन्दोलन रोक्ने सिंहदरबार भित्रै कर्मचारीको बिरोध प्रदर्शन



काठमाडौं । निजामति सेवा ऐनमा सरकारको बिरोधमा प्रदर्शन गर्न निषेध गरे पनि निजामति सेवाका नायव सुब्बाहरुले सिंहदरबार भित्रै बिरोध प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै नायव सुब्बा तथा सो सरहका कर्मचारीहरुले सिंहदरवारभित्रै आन्दोलन गरेका हुन् ।

आज सरकारी कार्यालय खुले लगत्तै सिंहदरवार परिसरमा उनीहरुले बिभिन्न नारा लेखिएको प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले बोकेको प्ले कार्डमा ‘माननीयज्यू, ना.सु.का आँशु देख्नु भएन ? जस्ता नारा लेखिएका थिए ।

राजपत्र तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने, निजामती सेवामा प्रवेश गरिसकेका कमचारीलाई निजामती सेवाको पदपूर्ति कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, राजपत्र प्रथम र द्वित्तीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्वन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने कर्मचारीको माग छ ।

देशभर नियमन गर्ने सिंहदरबार भित्रै प्रदर्शनमा उत्रंदा पनि गृह प्रशासनले भने उनीहरुको आन्दोलन रोक्ने प्रयास गरेन । निजामति कर्मचारी ऐनमा कर्मचारीहरुले असहमतीलाई बिभागिय रुपमा राय ब्यक्त गर्ने ब्यवस्था गरेपनि प्रदर्शनलाई पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  २ : ५१ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका