९ चैत्र २०७९, बिहिबार | March 23, 2023

निजी क्षेत्रको विरोधपछि अख्तियारको कार्यक्षेत्र बढाउने तयारीबाट सरकार पछि हट्दै



काठमाडौं। निजी क्षेत्र र गैरसरकारी संस्थासमेत अख्तियारको क्षेत्राधिकारमा रहने व्यवस्था सहित आउन लागेको बिधेयकको बिषयमा निजी क्षेत्रबाट चर्को बिरोध आए पछि सरकार निजी क्षेत्र र गैरसरकारी संस्थासमेत अख्तियारको क्षेत्राधिकारमा रहने व्यवस्थाबाट पछि हट्ने संकेत देखाएको छ ।

सरकारले प्रतिनिधि सभामा पारित समेत भएको उक्त बिधेयकका बिषयमा निजी क्षेत्रले असहमति जनाएपछि सरकार परिमार्जन गरेर विधेयक पारित गराउने तयारीमा लागेको हो । विधेयकको प्रतिवेदनप्रति निजी क्षेत्र र विज्ञहरुको आलोचनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उक्त व्यवस्था परिमार्जन गरेर विधेयक पारितको पक्षमा पुगेको हो।

राष्ट्रियसभामा विचाराधीन रहेका अख्तियार र भ्रष्टाचार निवारण सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन परिमार्जनसहित पारित गराउन सरकार तयार देखिएको छ।

पब्लिक लिमिटेड कम्पनीमा अख्तियारले अनुसन्धान गर्न पाउने व्यवस्थाप्रति निजी क्षेत्रले कडा विरोध जनाएका थिए। अघिल्लो साता मात्र नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त प्रावधानप्रति आपत्ति जनाएका थिए। उनीहरुले सो प्रावधान परिमार्जन नभए लगानी निरुत्साहित हुने बताएका थिए।

यो प्रावधानसहित विधेयक राष्ट्रिय सभामा पेश भएपछि परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो असहमति ब्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले विमति भएका बुँदा पेश गर्न उद्योगीलाई आग्रह गरेका थिए।

संसद् स्रोतका अनुसार राष्ट्रियसभामा अब विभागीय मन्त्रीबाट बिधेयकमा व्यवसायीले आपत्ति जनाएका अंश हटाइएर प्रस्ताव स्वीकार गर्नेगरी प्रतिवेदन परिमार्जन भएको छ।

यस अघिको तयारी अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी पनि अख्तियारको निगरानीमा रहने व्यवस्था परिमार्जित बिधेयकमा पूरै हट्नेछ।

गैरसरकारी संस्थाको क्षेत्रधिकारको हकमा केही परिमार्जन मात्र हुनेछ। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुदान प्राप्त गरेका कार्यक्रममा भएको अनियमितता भने अख्तियारले नै हेर्नेछ। सोभन्दा बाहेक अख्तियारले हेर्न छैन।

कसुर अनुसन्धानका केही व्यवस्था पनि फेरिने स्रोतको भनाई छ।यस्तै भ्रष्टाचार निवारण सम्बन्धि विधेयकका पनि रिसवत लेनदेन कसुर अनुसन्धान लगायतका व्यवस्था परिमार्जन हुँदैछन्।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : ३७ बजे

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा

म्याग्दी । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ

लोसपाद्वारा बैठक आह्वान

काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौं । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत