७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेताहरुले सरकार ढाल्न सक्रिय नेताको नाम मागेपछि प्रधानमन्त्रीले बैठक छाडे



काठमाडौं । दुई दिनअघि भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको खुलासा गरेका प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न खोजेको बिषय पुष्टि गर्न भनेपछि ओली बैठक स्थायी समितिको बैठक छाडेर निस्केका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरेपछि ओली बैठक कक्षबाट बाहिर निस्केका छन् ।

प्रधानमन्त्री ओलीले दुई दिनअघि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा पास गरेसंगै भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको बताएका थिए ।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतमले भारतले सरकार ढाल्न खोजेको भन्ने ओलीको अभिव्यक्तिलाई पुष्टि गर्न माग गर्दै उनले भनेको नेपाली नेताको नाम बैठकमा भन्न आग्रह गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आधार भएर पार्टीलाई जानकारी दिनु पर्ने र बिना आधार गरिएको भए आपत्तिजनक भएको भन्दै नेताहरुले जनतामा गलत सन्देश गएको टिप्पणी गरेका थिए ।

यसैबीच नेताहरुको प्रश्न सुनेपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका छन् । उनी खाजा ब्रेकपछि बैठकबाट बाहिरिएको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई