२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोना भाइरसका ३१६ नयाँ संक्रमित थपिए, देशभर हालसम्म १३ हजार ५६४ जनामा संक्रमण



काठमाडौं । विश्वभर महामारी मच्चाइरहेको कोरोना भाइरस कोभिड–१९ ले नेपाललाई पनि प्रभावित बनाइरहेको छ । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिँदै गएका छन् ।

मंगलबार ७१ महिला र २४५ पुरुष गरी ३१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या १३ हजार ५६४ पुगेको जानकारी दिए । जसमध्ये १ हजार ६५७ महिला र ११ हजार ९०६ पुरुष रहेका छन् ।

यसैगरी निकोभएर घर फर्किनेको संख्या ३१९४ रहेको छ । जसमध्ये २७७ महिला र २ हजार ९१७ पुरुष रहेका छन् । मंगलबारमात्र ९ महिला र ५१ पुरुष गरी ६० जना संक्रमित निको भएर घर फर्किका छने ।

हालसम्म १० हजार ३४१ जना कोरोना संक्रमित आइसोलेसन सेन्टरमा रहेका छन् । यसैगरी ५३ हजार ७० जना व्यक्तिहरु अझै पनि क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ३७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल