१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघले पश्चिमबाट आन्दोलनको नेतृत्व गर्ने



नेपालगन्ज ।  नेपाल सरकारले कोरोना महामारीको संकटमा उद्योगी, व्यवसायीहरुमा पर्न गएको असहजतालाई पर्याप्त सम्बोधन नगरेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले पश्चिम क्षेत्रबाट सरकारको बिरोधमा आन्दोलनको नेतृत्व गर्ने भएको छ ।

संघले आन्दोलनको पूर्व तयारी स्रुप छिमेकी उद्योग बाणिज्य संघहरुसंग एक्यबद्धता माग्दै पश्चिम नेपालबाट आन्दोलनको नेतृत्व गर्ने तयारी थालेको हो । संघको बैठकले सरकारले कोरोना महामारीमा संकटमा परेका उद्योगि ब्यवसायीको समस्यालाई सम्बोधन नगरेको भन्दै नेपाल राष्ट्र बैंकद्धारा जारी गर्ने मौद्रिक नीति मार्फत उद्योगी, व्यवसायिहरुका विभिन्न मागहरु (बैंक ब्याज छुट मिन्हा र सहुलियत, आदि) सम्बोधन हुन सक्ने गरि सरकारलाई दवाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघले वार्ता, सम्बाद पनि गर्दै जाने र आवश्यकता अनुसार आन्दोलनको लागि तयारी पनि गर्ने निर्णय गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिबी ओलीले जानकारी दिए ।

आन्दोलन सशक्त बनाउन विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई आन्दोलनमा एक्यबद्धता जाहेर गर्न पत्राचार गर्ने निर्णय भएको छ । ओलीले भने । व्यवसायिक राहतका लागि नेपाल सरकारसँग माग गर्ने, नेपाल राष्ट्र बैंक लगायत (क) र (ख) वर्गका वाणिज्य बैंकहरुसँग समन्वय गरि यथाशिघ्र छलफल कार्यक्रम गर्ने भएको महासचिव ओलीले बताए ।

शव बहान खोजी गर्न छानविन समिति
ओलीका अनुसार संघले बिगतको कार्यसमितीले आवश्यक मरमत संम्भार नगरेका कारण बिग्रेर बसेको संघको शव बहानको छानविन गर्ने र संचालन गर्ने समेत निर्णय गरेको छ । १० वर्ष अघि संघले संचालन गरेको शव बहान बिगत १ वर्ष देखि बेवारीसे अवस्थामा एउटा पेट्रोल पम्प अगाडी थन्काईएको छ । तत्कालिन कार्यसमितिले शव बहान खरिद गरेर नेपालगन्ज मेडिकल कलेजको रेखदेखमा संचालन गर्ने गरि ब्यवस्थापन गरेको थियो ।

साधारणसदस्यलाई स्वास्थ्य उपचार सहयोग
संघले संघका साधारण सदस्य प्रेमलाल श्रेष्ठको श्रीमति शोभा श्रेष्ठ विगत सात (७) महिना देखि प्राण घातक रोग क्यान्सरसँग जुधी रहेकोले कार्यसमितिका पदाधिकारी तथा सदस्यद्धारा आर्थिक सहयोग गर्ने निर्णय भएको संघका कोषध्यक्ष हरिलाल न्यौपानेले बताए । कार्य समितीका सदस्य तथा पदाधिकारीबाट संकलन गरेर श्रेष्ठको उपचारमा सहयोग गर्ने निर्णय भएको उनले बताए ।

कार्यसमितिबाट आ-आफ्नो घर बस्ने ब्यवसायीलाई घरभाडा छुट
त्यसैगरि कार्यसमितिमा रहेका सबै सदस्य तथा पदाधिकारीले अनिवार्यरुपमा आफ्नो घरमा भाडामा बसेका ब्यवसायीलाई घरभाडा छुट वा मिनाहा गर्ने भएको छ । आम घरधनीहरुलाई घरभाडा मिनाहा वा छुटका लागि आह्वान गर्नु अघि कार्यसमितिबाटै छुट वा मिनाहा गर्ने घोषणा गरेर सुरुवात गरिएको महासचिव ओलीले बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ०१ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति