१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बिजुलीको पोल देखाएर भोट माग्ने दिनको अन्त्य, सुईया बघौडाबासीले पहिलोपटक देखे बिजुलीको उज्यालो



नेपालगन्ज । पञ्चायतकालदेखि बिजुलीको पोल देखाएर भोटको राजनीति गरिंदै आएको बाँकेको नरैनापुरमा बिजुलीको पोल गाडेको झण्डै ४० वर्षपछि बिजुली बलेको छ ।

५ वर्ष पहिलेसम्म सडक, सञ्चार, बिद्युत, स्वास्थ्य जस्ता आधारभुत आवश्यकताबाट बन्चित नरैनापुरमा मंगलबारबाट बिजुली बलेको छ । २ साताअघि एमबिबिएस डाक्टर पुग्दा खुसी मनाएका नरैनापुर वासीले बिजुली बलेपछि फेरि एकपटक खुसी मनाएका छन् ।

प्रदेश ५ का प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले मंगलबार नरैनापुर १ को कट्कुइँया, नरैनापुर ३ को लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर ५ को मोतिपुरस्थित ३ वटा ट्रान्सर्फमरको स्वीच अन गरेर विद्युतीकरणको औपचारिक उद्घाटन गरेकीछिन् ।

असोज महिनाभित्र नरैनापुरका हरेक गाउँमा बिजुली पुग्ने गरि काम भईरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

विभिन्न बहाना बनाउंदै दशकौंदेखि अल्झाएर राखिएको नरैनापुर क्षेत्रको बिद्युतीकरणका लागि प्रदेशसभाको निर्वाचनमा जीते देखि नै प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाको सक्रियता देखिएको थियो । स्थानीयतहबाट नमुना र बाँके निर्वाचन क्षेत्र नम्बर १ का सदस्य महेश्वर गहतराज पटक पटक जलश्रोत मन्त्री देखि बिद्युत प्राधिकारणका उच्च अधिकारीसंग वाता गरेपछि अभियानले सार्थकता पाएको स्थानीयबासीले बताएका छन् ।

कछुवा गतिमा बिद्युत प्रशारण लाईनको काम भईरहेकोमा कोरोना कहरसँगै कामले तीब्रता पाएको थियो । कोरोनाको चपेटामा पर्दा विजुली नहुँदाको पीडा भोगेको नरैनापुरमा तत्काल विद्युत लैजानुपर्ने दबाबका बीच पछिल्लो समय तीब्र गतिमा काम भएको थियो । जेठको पहिलो साताबाट थालिएको पहलले एक महिनामै मूर्तरुप पाउँदा नरैनापुरमा बत्ती बलेको हो । त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् नमुनाले नरैनापुरमा विजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले नरैनापुरलाई उज्यालो बनाउने सपना पुरा भएको बताईन्। उदघाटन कार्यक्रममा बोल्दै उनले विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उनले पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम नरहेको दाबी गरिन् ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बर्षौंदेखिको नरैनापुरबासीको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै अब सिँचाइसँगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको बताए । लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि अब अस्पतालका रुपमा विकास गरी सेवा सुविधासम्पन्न बनाउन सहज हुने भन्दै उनले हिजोका कहालीलाग्दा दिन फेरिएर नरैनापुर विकासपथमा लम्किएको बताए ।

क्षेत्रीय विद्युत प्राधिकरण केन्द्र नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले विजुली नहुँदा कोरोना कहरमा नरैनापुरले भोगेको पीडा देखेर आफूले लकडाउनकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए ।

कोरोनाको इपिसेन्टर बनेको अवस्थामा स्थानीय प्रशासनले नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन सेन्टर बनाउने भनिएको भएपनि बिद्युत नभएर कार्यान्वयन हुन सकेको थिएन ।

मुख्य लाइनबाट गाउँगाउँमा विजुली पुर्याउन काम गरिने बताउँदै अध्यक्ष शाहले गरिब विपन्नलाई निःशुल्क लाइन जडान गरिने जानकारी दिए ।

बिजुली बाल्न नरैनापुर पुगेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पनि कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको टिप्पणी गरे ।

बिजुली बाल्ने कार्यक्रममा भैरवप्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, राजनीतिक दलका जिल्ला नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ०१ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा