९ चैत्र २०८२, सोमबार | March 24, 2026

शुद्धोधनका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान



सैनामैना । रुपन्देहीको शुुद्धोधन गाउँपालिका वडा न. १का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ब्लक विकास कार्यक्रम अन्तर्गत वडाका १२० जना किसानलाई आज विभिन्न कृषि औजार हस्तान्तरण गरिएको हो । कृषि सामाग्री अनुदानमा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।

करिब ७८ लाख बराबराको लागतमा हेन्ड टे«क्टर ४ थान,पम्पेसेट ५० थान,डिजिटल काटा ३१ थान,घाँस काट्ने मेसिन १० थान,ड्रिल मेसिन ८ थान, बीऊविजन, जैविक मल,बोरेक्स, विषादी औषधी, क्यारेट लगायतका कृषि सामाग्री वितरण गरिएको ब्लका सदस्य राकेश मल्लाहाले जानकारी दिए ।

वितरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले उत्पादकत्व वृद्धि गर्न र कृषि प्रणालीलाई आधुनिक एवं बैज्ञानिकरण गर्न किसानलाई अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको बताए । कृषकहरुको बाली विकास गर्न अब यस्ता औजारहरुले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष चौधरीले उल्लेख गरे । गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर विकास गरेको उनको भनाई छ ।

यस्तै कार्यक्रममा शुद्धोधन वडा न. १ का वडा अध्यक्ष उदयराज गडेरिया, वडा नं. २ वडा अध्यक्ष विष्णु प्रसाद बस्यालले उत्पादनमा वृद्धि र पराम्परा व्यवसायिक खेतीपातिलाई आधुनिकरणमा ल्याउन यि औजारको प्रयोग अधिकतम गर्न आवश्यक रहेको बताए । स्थानीय तहबाट पनि व्यवसायिक किसानहरुलाई लागि कृषि कार्यक्रम ल्याउने तयारी गरेको जिकिर गरे ।

यस वडा कृषिको उर्वराभुमि भएकाले यान्त्रीकरण गर्न आवश्यक रहेको बेलवा प्रगति तरकारी ब्लक सञ्चालक समिकिा अध्यक्ष सुनिल हरिजनले बताएका छन् । वितरण गरिएको कृषि सामाग्रीको सहि तरिकाले किसानले प्रयोगमा ल्याए अधिकतम लाभ लिने र उपादनमा ह्रास नआउने हरिजनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : २२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११