५ पुस २०८२, शनिबार | December 20, 2025

नेप्सेमा बुधबार पनि सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले बुधबारका लागि कारोवार स्थगन गरेको छ ।

स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको बुधबार दोस्रो दिन हो । कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो । मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ । स्टकका अनुसार नेप्से ७५ दशमलव ७७ बिन्दुले बढेर एक हजार ३६६ दशमलव ५२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १५ दशलमव १० अर्थात् ५ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो ।

कारोवार भएका १२ उपसमूहमध्ये बुधबार होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ । होटल ५।१५ अङ्कले घट्दा बैंङ्किङ ८२दशमलव३, व्यापार ३३दशमलव४८, विकास बैंक ५७।०६, जलविद्युत् ३३दशमलव६७, वित्त ४दशमलव७५, निर्जीवन बीमा ३२२दशमलव४१, उत्पादन १०२दशमलव५७, अन्य २०दशमलव९४, माइक्रोफाइनान्स १०१दशमलव२३, जीवन बीमा ५४८दशमलव५३ र सामूहिक लगानी कोष ०दशमलव०१ अङ्कले बढेका छन् ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो । यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको  दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक  एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए ।

सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९।९८, नागरिक लगानी कोष ९दशमलव९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९दशमलव९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९दशमलव९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९दशमलव९४ प्रतिशतले कमाए ।

यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३दशमलव९२, ओरियन्टल होलट ३दशमलव२७, नेपाल दूरसञ्चार कम्पनी २दशमलव३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १दशमलव७९, आइसिएफसी फाइनान्स १दशमलव२१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १दशमलव१८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ३ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता