९ चैत्र २०७९, बिहिबार | March 23, 2023

नेकपा विवाद चरम उत्कर्षमा, ओली निकट नेताहरु खुमलटारमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विबादकम हुनुको सट्टा चुलिंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली निकटका शिर्ष नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेकाछन् ।

पार्टीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग छलफल गरेका हुन् ।

पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, रक्षामन्त्री ईश्वर पोखरेल र राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीमा देखिएको विवाद र समाधानको प्रयासका विषयमा प्रचण्डसंग छलफल चलिरहेको नेताहरुको भनाइ छ ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ९ : ३१ बजे

भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

मुम्बई । भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

पोखरा । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता

पहिरो नियन्त्रण

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको