४ पुस २०८२, शुक्रबार | December 19, 2025

बिजनेस नसकी अधिवेशन अन्त्य गरेर संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गरियो : नेपाली कांग्रेस



काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम बताएको छ ।

सरकारले कसैलाई थाहा सम्म् नदिएर संसद अन्त्य गरेको भन्दै कांग्रेसले सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा सरकारले तोडेको स्पष्ट पारेको छ ।

सरकारले अकस्मात अधिवेशन अन्त्य गरेर संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदको बिजनेस बाँकी नै रहेको भन्दै विधेयक, प्रतिवेदन, संकल्प र ध्यानाकर्षण प्रस्तावहरुमाथि छलपल नै नगरी अधिवेशहनको अन्त्य गरिएको बताएका छन् ।

सरकारले अधिवेहनको अन्त्यको सिफारिस पठाए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य भएको पत्र संसदलाई पठाएकी थिईन् ।

मन्त्रिपरिषद्को बिहीबार मध्यान्न बसेको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ५ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको