७ आश्विन २०८३, बुधबार | September 23, 2026

सत्याग्रहीलाई भेटन प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगे



काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन्।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ईसान अधिकारी र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो।

अभियन्ताहरुलाई हस्पिटल लगिएको केहि बेरमा नै प्रधानमन्त्री ओली उनीहरुलाई भेट्न अस्पताल पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार र ईसानसँग प्रधानमन्त्रीले सबैमाग पुरा हुने आश्वासन दिंदै अनसन टोड्न आग्रह गरेका थिए । बम र अधिकारीले आफ्नो मागहरु राख्न वार्ताको वाताबरण बनाईदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ९ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई