४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतबाट नेपाल आउने घटे



धनगढी । कैलालीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट एक सातामा दुई हजार ५१६ जना नेपाली नागरिक भित्रिएका छन् भने ७३७ भारतीय बाहिरिएका छन् ।

लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् ।

कैलालीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट एक सातामा दुई हजार ५१६ जना नेपाली नागरिक भित्रिएका छन् भने ७३७ भारतीय बाहिरिएका छन् ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार असार ११ गतेदेखि १७ गतेसम्म उक्त सङ्ख्यामा नेपाली भित्रिएका हुन् । प्रहरी निरीक्षक जगदिशसिंह डाँगाले जेठ २३ गते सबैभन्दा बढी छ हजार चार ४९९ नेपाली भित्रिएकोमा विस्तारै घट्दैगएको बताउनुभयो ।

उहाले पछिल्लो एक सातामा महेन्द्रनगरको गड्डाचौकी नाका भएर एक हजार पचास नेपाली भित्रिएका र ३०४ भारतीय बाहिरिएको बताउनुभयो ।

त्यसैगरी, कैलालीको गड्डाचौकी नाकाबाट एक हजार ४६६ नेपाली भित्रिनुका साथै ४३३ भारतीय नागरिक बाहिरिएका छन् । अझै पनि १५० को हाराहारीमा नेपाली आउने क्रम रोकिएको छैन ।

सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुल्ला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख २२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब १८ हजार पुगेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको