२० आश्विन २०८३, मंगलबार | October 7, 2026

गण्डकी प्रदेशमा २४ घण्टामा ३२ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ६३ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका बिभिन्न जिल्लाहरुमा २१ जना पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा भएको पीसिआर परिक्षणका क्रममा नवलपुर जिल्ला अन्तर्गत कावासोती नगरपालिकाका ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने मध्यबिन्दु नगरपालिकामा ४ पुरुष १ महिलामा संक्रमण भेटिएको छ ।

त्यसैगरि प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको परिक्षणबाट तनहुं जिल्लाको भिमादमा २ तथा ऋषिङमा पुरुषमा संक्रमण देखिएको छ । पर्वतको बिहादीमा १, पैयु मा १ र फलेबासमा १ पुरुष संक्रमित भएका छन् भने बागलुङको जैमुनीका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

अध्यावधिक बिवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

संक्रमण देखिएकाहरुलाई स्थानीय आइसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जनाएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते