१० भदौ २०८३, बुधबार | August 26, 2026

गण्डकी प्रदेशमा २४ घण्टामा ३२ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ६३ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका बिभिन्न जिल्लाहरुमा २१ जना पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा भएको पीसिआर परिक्षणका क्रममा नवलपुर जिल्ला अन्तर्गत कावासोती नगरपालिकाका ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने मध्यबिन्दु नगरपालिकामा ४ पुरुष १ महिलामा संक्रमण भेटिएको छ ।

त्यसैगरि प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको परिक्षणबाट तनहुं जिल्लाको भिमादमा २ तथा ऋषिङमा पुरुषमा संक्रमण देखिएको छ । पर्वतको बिहादीमा १, पैयु मा १ र फलेबासमा १ पुरुष संक्रमित भएका छन् भने बागलुङको जैमुनीका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

अध्यावधिक बिवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

संक्रमण देखिएकाहरुलाई स्थानीय आइसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जनाएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ५७ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न