१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सांसद विकास कोषबाट खर्च नभएको ७९ लाख रकम स्थानीय तहको कोरोना कोषमा जम्मा



बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ ।

नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको ६ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो ।

“बागलुङ क्षेत्र नम्बर १ भित्रका चार पालिकामध्ये तीन पालिकामा झण्डै एक करोड रकम बचत हुन आएको छ”, सांसद पाठकले भने, “कोरोना रोकथाम, उपचार नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले तत्कालै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहमा रकम जम्मा भएको छ ।”

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको स्थानीय तह पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा बचत भएको रकम बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्न जिल्ला समन्वय समिति बागलुङको निर्णयसहित कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा असार १५ गते नै पत्रचार गरिएको थियो ।

स्थानीय तहले कोरोना व्यवस्थापन गर्न नसकेको सन्दर्भ र सांसद विकास कोषमा खर्च हुन नपाएको रकमलाई कोरोना व्यवस्थापनमा लगाइँदा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन भएको हो ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सबै खर्च भए पनि बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोलामा गरी केही रकम बचत भएको हो ।

२०७७ असार २ गतेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ तेस्रो संशोधनअनुसार विनियोजन भएको रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका निर्देशक तथा सदस्यको परामर्शमा कोरोना नियन्त्रण खातामा जम्मा गर्न सकिने व्यवस्था छ ।

बागलुङ नगरपालिकाको कोरोना कोषमा ३१ लाख ११ हजार १२३, बरेङ गाउँपालिकाको कोरोना कोषमा ३१ लाख ८३ हजार १२३ र काठेखोला गाउँपालिकाको कोरोना कोषमा १६ लाख ४६ हजार १९ रकम बचत भएको छ ।

रकम जम्मा गर्न जिल्ला समन्वय समितिको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहलाई प्रदान गर्न पत्र पठाइएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी राजुप्रसाद न्यौपानेले जानकारी दिए ।

स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत यस क्षेत्रमा विनयोजन भएको ६ करोडमध्ये बागलुङ नगरपालिका, काठेखोला र बरेङमा गरी जम्मा ७९ लाख ४० हजार ३६५ रकम बचत भएको हो ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटबाट खर्च हुन नसकेको रकम स्थानीय तहको कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा प्राप्त हुँदा स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा सहज पुग्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।

“कल्पना बाहिरको भाइरसको प्रकोपका कारण स्थानीय तहलाई चालु आर्थिक वर्षमा समस्या नै छ”, प्रमुख पौडेलले भने “कोरोना कोषमा सांसद विकास कोषको रकमले राहत मिल्ने भो ।”

बागलुङ नगरपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको ९४ लाख बजेटमध्ये कोरोना भाइरस, नियन्त्रण, रोकथाम, औषधि, स्वास्थ्य सामग्री तथा गुमेको रोजगारी सिर्जना गर्नका लागि झण्डै रु १० करोड रकम विनियोजन गरेको पौडेलले जानकारी दिए । -रासस

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३४ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष