१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

गुल्मीमा पहिरो खस्दा १ जनको मृत्यु, २ बेपत्ता र ४ जना गम्भिर घाईते



गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् । पहिरो कै कारण दुई जना बेपत्ता भएका छन् । गयराती पहिरो खस्दा गुल्मी इस्मा गाउँपालिकाको १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत अवस्थामा फेला परेका हुन् ।

मृतक सिजन सारुकी आमा सृजना सारु पनि अचेत छन् । बुवा बसन्त सारु भने सामान्य घाइते छन् । घर माथिबाट एक्कासी आएको पहिरोले घर बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर खत्रीको ७ बर्षकी अपेक्षा खत्री बेपत्ता भएकी छन् भने श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ ।

पहिरोमा परेका खत्रीको हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ०७ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त