३ पुस २०८२, बिहिबार | December 19, 2025

विद्यार्थी नेताहरुलाई थर्काउँदै सभापति देउवाले भने, ‘प्रधानमन्त्री हुन लायक कोही नेता बनेन, लाज पनि छैन”



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टी संगठनको पारा देखेर आक्रोशित भएका छन् ।

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित बनेका हुन् ।

सभापति देउवाले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे ।

अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित बने । पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।

देउवाले भने, ‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस । जहाँ पनि हारेको हा-यै छ नेविसघं लाजपनि छैन् । हामी सबैठाउँमा जितेका थियौं । नेवि संघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीपनि नेविसंघ देखिदैन । हारेको हा-यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन् । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

देउवाले आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेता भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको जिकिर गरे । उनले भने, ‘म नेविसंघको सभापति पनि हुँ । तीन पल्ट प्रधानमन्त्री भइसके चार पल्ट भइसे । तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले लाजपनि छैन यहाँ ।’

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । थप आक्रोशित हुँदै देउवाले भने , ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिएर बसिराखेको छ । लाजपनि छैन । बोल्दा खेरीपनि भ्यालु पनि छैन् । कहाँ डिस्ट्यान्सिङ छ यहाँ । त्यसकारणले खतरा हुन गएको छ यो । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन् । सोसल डिस्ट्यान्सिङ गर्नुस यस्तो टाँसिएर बसेर हुन्छ ?’,

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १ : ४२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको