११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नाटकीय ढंगले विकासित भएको चरम अन्तसंघर्षलाई साम्य पार्न प्रयास सुरु भएको छ ।

शुक्रबार बिहान नेकपाका ओली र प्रचण्ड–नेपाल समूह निकट रहेका युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउने प्रयासस्वरुप कृषिमन्त्री घनश्याम भूषाल निवासमा छलफल गरेका थिए ।

अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । गत मंगलबारदेखि पार्टीभित्रको अन्तसंघर्ष अस्वस्थ्य ढंगले सार्वजनिक हुँदै एकले अर्कोलाई सिध्याउने स्तरसम्म गिर्दै छताछुल्ल भएपछि पार्टी फुटको चिन्ताले सहमति चाहने नेता कार्यकर्ता तनाबमा थिए ।

बिहीबारको स्थायी कमिटी बैठक प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै झन बढी तनाबपूर्ण बनेको थियो । बुधबार साँझ प्रचण्ड–नेपालसमुहले ललितपुरको झम्सिखेलमा मोर्चाबन्दी गरेर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनका लागि मोर्चा खोलेको थियो ।

एकले अर्कोलाई सकेजति थकाउने, गलाउने रणनीति लिएका शिर्ष नेताहरुकै कारण नेकपा पछिल्लो दिनमा चरम संकटमा फस्दै गएको छ ।

बिहीबार स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच छलफल गर्न नेताहरुले सुझाव दिएका थिए । त्यसै आधारमा अहिले ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टी एकतामै गम्भीर संकट उत्पन्न भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको यो छलफललाई धेरैले निर्णायक रुपमा विश्लेषण गरेका छन् ।
दुवै अध्यक्षबीच खुलेर छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ०० बजे

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन

रुपन्देही प्रहरीले अबैधरुपमा नदी उत्खनन् गर्ने साधनहरु बरामद गरि स्थानीय सरकारलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानमा अबैधरुपमा नदी उत्खनन्

मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले ग्रिलजन्य फलाम

बुटवल हस्पिटलको सेवा अव नयां भवनबाट

बुटवल । बुटवल हस्पिटल प्रा ली ले नयां भवनबाट सेवा

एन्फा रुपन्देहीको आयोजनामा बुटवलमा शनिबारदेखि जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग सुरु हुने

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि