२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

निकट मन्त्री र सांसदहरुसँग प्रधानमन्त्री ओलीको परामर्श सकियो, सरकार र पार्टीलाई नयाँ ढंगले अघि बढाउन सुझाव



काठमाडौं । पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान केही मन्त्री र निकट सांसदहरुसँग छलफल गरेका छन् ।

बालुवाटार निवासमा गरिएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री र सांसदहरुसँग सुझाव मागेका थिए । जहिले पनि देश गम्भीर संकटमा परेको बेलामा पार्टीभित्रबाट बारम्बार असहयोग गरिएको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए ।

ओलीले परामर्शलाई जारी राख्दै गम्भीरतापूर्वक कदम चाल्ने बताएका छन् । ओलीले सबै नेताहरुसँग क्रमशः परामर्श गर्ने बताएका छन् ।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, उद्योगमन्त्री लेखराज भट्ट, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पार्टी महासचिव विष्णु पौडेल, प्रमुख सल्लाहकार विष्णु रिमाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत १८ नेताहरु सहभागी थिए ।

मंगलबारको स्थायी समिति बैठकमा नियमिति एजेण्डालाई थाँती राख्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै छलफल त्यसैमा केन्द्रित हुनुपर्ने बताएका थिए । मदन भण्डारी जन्मदिवसको दिन ओलीले सरकार ढाल्न भारत र आफ्नै पार्टीका नेताहरु संलग्न भएको गम्भीर आक्षेप लगाएका थिए ।

बैठकमा माधवकुमार नेपाल, झलनाथ खानल, बामदेव गौतम लगायतका सचिवालय सदस्यसहित स्थायी कमिटीका केही सदस्यहरुले प्रधानमन्त्रीले अध्यक्ष र प्रधानमन्त्री दुवैको नेतृत्व गर्न अक्षम भएको भन्दै राजीनामा मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १० : ५६ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको