३० असार २०८२, सोमबार | July 14, 2025

ओली र प्रचण्डबीचको बालुवाटार छलफल सकारात्मक, भोलि बिहान फेरि बस्ने



काठमाडौं । पार्टी भित्र तिब्र अन्तसंघर्ष बढेपछि दबाबमा परेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा भएको छलफल सकारात्मक भएको बताइएको छ ।

दुई अध्यक्षबीचको छलफलबाट आजै कुनै निस्कर्ष ननिस्किए पनि भोलि पुनः अर्को चरणको छलफल गर्ने सहमति भएको बुझिएको छ ।

दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि बसेका थिए । पौडेल र शर्मा २०७५ सालमा पार्टी एकताको अन्तिम सहमति हुने समयमा पनि साक्षीको रुपमा सँगै बसेका थिए ।

मध्यान्नदेखि सुरुभएको छलफल झण्डै तीनघण्टासम्म चलेको र त्यहाँ दुवै अध्यक्षबाट एकअर्काप्रति रहेको आशंकाका बारेमा खुलेर कुरा भएको स्रोतले दाबी गरेको छ । भोलि स्थायी कमिटी बैठक अघि एकपटक पुनः छलफल गर्न सहमति जुटेको छ ।

गत मंगलबारदेखि पार्टीभित्रको अन्तसंघर्ष नाटकीय रुपमा अस्वस्थ्य ढंगले सार्वजनिक हुँदै एकले अर्कोलाई सिध्याउने स्तरसम्म गिर्दै छताछुल्ल भएपछि पार्टी फुटको अवस्थासम्म पुगेको विश्लेषण गरिएको थियो ।

बिहीबारको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै झन बढी तनाबपूर्ण बनेको थियो ।

बुधबार साँझ प्रचण्ड–नेपालसमुहले ललितपुरको झम्सिखेलमा मोर्चाबन्दी गरेर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनका लागि मोर्चा खोलेको थियो ।

एकले अर्कोलाई सकेजति थकाउने, गलाउने रणनीति लिएका शिर्ष नेताहरुकै कारण नेकपा पछिल्लो दिनमा चरम संकटमा फस्दै गएको छ ।

बिहीबार स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच छलफल गर्न नेताहरुले सुझाव दिएका थिए । त्यसै आधारमा शुक्रबार ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टी एकतामै गम्भीर संकट उत्पन्न भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको यो छलफललाई धेरैले निर्णायक रुपमा विश्लेषण गरिएको छ ।

शुक्रबारको सकारात्मकै अवस्थामा रहेको छलफलमा अब एक दिनमा तलमाथि कहिँकतैबाट प्रभावित भएन भने शनिबार बस्ने छलफलले पार्टीलाई फेरि पनि एकतावद्ध बनाउन मद्धत मिल्ने एक नेताले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : २५ बजे

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्,

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का